Widgets

Home » , » ३० वर्षमा पनि बार्बी डलको उपमा पाएकी कट्रिनाका ब्युटी टिप्स

३० वर्षमा पनि बार्बी डलको उपमा पाएकी कट्रिनाका ब्युटी टिप्स

Written By sangalo on Saturday, February 15, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

katrina

अनुहार कुरूप पारेको भनेर अनुष्का शर्माले आलोचना खेपिरहेका बेला अर्की नायिका कट्रिना कैफले भने ब्युटी टिप्स बाँडेकी छन् । कट्रिनालाई सुन्दरताको पर्याय मान्नेहरू धेरै छन् । उनी बाहिरीभन्दा भित्री सुन्दरता महत्त्वपूर्ण हुने ठान्छिन् । चम्किली, फुर्तिली नायिका भन्छिन्, 'शारीरिक सुन्दरताप्रति बढी लालायित नहुनु नै ठूलो र महत्त्वपूर्ण कुरा हो । आवरणभित्र पनि धेरै सुन्दरता हुन्छ । तपाई यत्तिकै पनि पूर्ण पुरुष वा महिला हुनुहुन्छ, तर त्यो भन्दा पर पनि तपाईंको परिचय लुकेको हुन सक्छ ।' कटि्रनाले अधिकांश समय सुटिङ र मिडिया फेस गरेरै बिताउनुपर्ने नायिकाको हकमा भने सुन्दर देखिरहनु अति गाह्रो काम हुने गरेको टिप्पणी गरिन् । भनिन्, 'एकदमै गाह्रो । अन्ततः हामी सबै सामान्य मान्छे नै हौं । सबैको राम्रो/नराम्रो दिन आउँछ । नायिकाको लागि भने उनको कपाल सम्हाल्नु र मेकअपमा फिट देखिइरहनु चानचुने कुरा होइन ।' यति गर्न हरेक दिन पर्याप्त समय खर्च हुने भएकोले दिक्दारी लाग्ने भए पनि नयाँ मेकअप टिमसँग काम गर्न भने मज्जै हुने ठान्दी रहिछन् उनी । आकर्षक युवती देख्दा कसको पो मन हरर्र नहोला र ? तर, ३० वर्षमा पनि बार्बी डलको उपमा पाएकी कटि्रनालाई भने देखेजति सहज मेन्टेन गर्नेका लागि नहुने मान्छिन् । छालालाई सधैं स्वस्थ राख्नु अनि कपाललाई चम्किलो बनाइराख्ने काम सजिलो नभएको टिप्पणी गर्छिन् । तर उनले जानेको टिप्स भने यस्तो छ, 'असल पोषण नै शरीरका लागि सबैभन्दा महत्त्वपूर्ण छ । खानपान स्वस्थ हुनैपर्छ । त्यस बाहेक आफ्नो छालालाई घामबाट जोगाउने, राम्रो स्याम्पु र कन्डिसनरको प्रयोग गर्ने । किनकि यी चिजमा हाम्रो खासै ध्यान पुगिरहेको हुँदैन ।' उनी आफैं पनि सनब्लक, लिप बाम, स्याम्पु र कन्डिसनर दिनहुँ प्रयोग गर्न बिर्सन्नन् रे ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger