Widgets

Home » , » राउटे युवायुवतीको प्रेमलीला

राउटे युवायुवतीको प्रेमलीला

Written By sangalo on Saturday, February 15, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

दुर्गालाल केसी
 सहरका युवायुवतीहरू विभिन्न पार्क तथा मन्दिरहरूमा भेट नै गफगाफमा समय बिताउँछन्, तर जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे युवायुवती कसरी रमाइलो गर्छन् होला ? यो जिज्ञासा मेट्न दुई वर्षसम्म विभिन्न समयमा फिरन्ते राउटेसँग साक्षात्कार गर्ने क्रममा केही रमाइला प्रेम-प्रसंग अगाडि आए ः अन्य समुदायमा जस्तै राउटे युवायुवतीहरू पनि आपसमा भेटघाट र रमाइलो गर्छन्। भेटघाटका लागि टाढै जानुपर्ने अवस्था नभए पनि बसोबास गरेकै स्थानमा एक्लै भेटेर कुराकानी गर्छन् । मस्केर कुरा गर्छन्। जंगलमा दाउरा लिन जाँदा, टहरा बनाउने काम गर्दा अनि चाडपर्वमा नाचगान गर्दा पनि उनीहरू भेटघाटको तालमेल मिलाउँछन्। राउटेहरूले सामान्यतः नुहाउन मन नगर्ने भए पनि युवतीहरू नुहाएर सफा हुन्छन्, सकेसम्म सिँगारपटार गर्छन्, उपलब्ध गहनामा ठाँटिन्छन्। कतिपय युवती चिटिक्क परेर पनि बस्छन्। चिटिक्क परेका बेला उनीहरू राउटे युवतीजस्ता पनि देखिँदैनन्। युवायुवतीबीच प्रेम भएपछि मागेर विवाह गर्ने चलन छ। उनीहरू अभिभावकहरूसँग कुरा गरेर विवाहको तयारी गर्छन्। सामान्यतः केटाकेटीले मन पराएपछि अभिभावकहरूले अस्वीकार गर्दैनन्। छोराको विवाहका लागि मगनी गर्न अभिभावकहरूले केटीको घरमा 'पाहुर' लिएर जानुपर्ने चलन छ। पाहुरस्वरूप मह, मासु आदि मीठा खानेकुरा लिएर जाने प्रचलन रहेको मुखिया मैनबहादुर शाहीले बताए। 'मह दिएर खुसी पारेपछि बुहारी पाइने सम्भावना बढी हुन्छ। शाहीका अनुसार 'उपहार स्वीकार गरेपछि छोरी दिनुपर्ने हुन्छ। विवाह पक्कापक्कीजस्तो हुन्छ। ' विवाहमा केटा पक्षले केटीलाई गहनाहरू दिने चलन हुन्छ। सिल्पटका चुरा, कानमा रिङ, पोतेजस्ता गहना र सम्भव भए एकसरो नयाँ कपडाले दुलहीलाई सिँगारिन्छ। विवाहपछि सुहागरात कहाँ कसरी मनाउँछन् त ? 'मिल्यो भने छुट्टै छाप्रो बनाएर बस्छौं। जंगलतिर एक्लै काठ काट्न र सिकार खेल्न जान्छौं' राउटे युवती मैना शाहीले लजाउँदै भनिन्— 'केही दिन रमाइलो गर भनेर सबैले छोडिदिन्छन्। परिवार र मुखियाले पनि केही काम लगाउँदैनन्।' केटाकेटीले आपसमा मन पराएपछि बुहारी माग्न जाने, विवाहको मिति तय गर्ने र सानोतिनो भोज गरेर विवाह गर्ने चलन छ। भोजका रूपमा उनीहरू भात, मासु र जाँड बनाउँछन्। राउटे युवतीहरूले फुपूका छोरासँग विवाह गर्छन्। 'मामाकी छोरीसँग विवाह गर्ने चलन हुन्छ। 'मन परेकी केटी देखेपछि ११-१२ वर्षकै उमेरमा पनि मायाप्रेम बस्छ। मन पर्‍यो भने यो मेरो हो भनेर रोजेर राख्नुपर्छ।' एउटाले रोजिसकेकीलाई अरूले हेर्न पाउँदैनन् । 'रोज्नेले मात्र विवाह गर्न पाउँछ,' उनले भने— 'रोजेकोमध्ये एक जनाको मृत्यु भए कतिपय त उसैका नाममा जीवनभर बिधवा/बिदुर भएर पनि बस्छन्।' महिलाको संख्या थोरै भएकाले पाका पुरुषले कलिलो उमेरका युवतीसँग विवाह गर्ने चलन पनि रहेको राउटेका पूर्व मुखिया ऐनबहादुर शाहीले बताए।
 स्रोत : साप्ताहिक

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger