Widgets

Home » , » तीन हात भएका बालक जन्मिए

तीन हात भएका बालक जन्मिए

Written By sangalo on Saturday, February 15, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Child


तनहुँ , फाल्गुन ४ - दमौली अस्पतालमा बुधबार बिहान १६ वर्षीया कल्पना गुरुङले तीन हात भएको शिशु जन्माएकी छन् । नवजात शिशुको स्वाभाविक दुई हातबाहेकको तेस्रो हात मेरुदण्डको बीच ढाडमा रहेको छ । उक्त हातमा तीन वटा अविकसित औंला छन् । बिहान करिब सवा ६ बजे उक्त बालक साधारण रूपमा जन्मिएको र जन्मँदा बच्चाको तौल २ किलो ७ सय ग्राम रहेको अस्पतालको रेकर्डमा उल्लेख छ । जन्मिएपछि मात्र ढाडमा हातजस्तै आकृतिको मासु देखेको शिशुका बाबु २७ वर्षीय आशिषले बताए । चिकित्सकहरूले शल्यक्रिया गरी ढाडको हात निकाल्नका लागि बालरोग विशेषज्ञबाट सल्लाह दिन भनेको आशिषले सुनाए । 'दमौली अस्पतालका डाक्टरले ४५ दिनभित्र बालरोग विशेषज्ञलाई देखाउन भनेका छन्,' उनले भने, 'ढाडको हातको अप्रेसन गर्नुपर्‍यो भने हामीसँग पैसासमेत छैन ।' ढाडमा हात भए पनि उत्तानो सुत्दा छोराले कुनै असजिलो महसुस नगरेको आमा कल्पनाले बताइन् । शल्यक्रिया गरी हात हटाउन सके छोरालाई सहज हुने उनले बताइन् । 'उत्तानो सुताउँदा ढाडमा हात भएकाले छोरालाई दुख्छ कि जस्तो लाग्छ,' कल्पनाले भनिन्, 'त्यसैले कोल्टे सुताउन खोज्छु ।' उनले विभिन्न अस्पतालले निःशुल्क उपचार गरिदिए ठूलो गुन लाग्ने बताइन् । दमौली अस्पताल तथा जनस्वास्थ्य कार्यालयका प्रमुख डाक्टर विवेककुमार लालले भ्रूणको पूर्ण विकास नभएकाले उक्त बालकको ढाडमा हात आकारको मासु भएको बताए । गर्भमा जुम्ल्याहा बच्चा बन्ने प्रक्रियामा समेत सोहीअनुसारको क्रिया हुने उनले जानकारी दिए । भिडियो एक्सरे रिपोर्टमा समेत मासु पलाएको रेकर्ड नलेखिएको डाक्टर लालले जानकारी दिए । स्रोत : कान्तिपुर |

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger