Widgets

Home » , » एक तानाशाह, एक प्रेमी

एक तानाशाह, एक प्रेमी

Written By sangalo on Sunday, February 16, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
एक तानाशाह, एक प्रेमी


राजनीतिमा लक्ष्यपूर्तिका लागि जस्तोसुकै हिंस्रक तौरतरिका पनि अवलम्बन गर्न संकोच नमान्ने जर्मन तानशाह हिट्लरले जीवनमा धेरै युवतीलाई मन पराए। तर, दुई युवतीसँगको उनको सम्बन्धमात्र चर्चा गर्न योग्य मानिन्छ। नाजी पार्टीमार्फत सत्तामा पुग्न हिट्लरले संघर्ष गर्दै गरेका दिनमा उनी गेली रुबल नाम गरेकी युवतीसँग आकर्षित भएका थिए। रुबल हिट्लरकी भाञ्जी थिइन्। उनले रुबललाई आफूसँगै राखेका थिए। तर, रुबल भने हिट्लरका सवारी चालकलाई मन पराउँथिन्। यो थाहा पाएपछि हिट्लरले आफ्नो ड्राइभरलाई जागिरबाट निकालिदिए र उनीहरूको प्रेममा फाटो ल्याइदिए। उनले भाञ्जीमाथिको निगरानी बढाउन थाले। सपिङ गर्न, सिनेमा हल र ओपेरा हाउस सबैतिर उनी आफँैले रुबललाई लैजान थाले। नभ्याएको बेलामा आफ्नो विश्वासपत्रलाई रुबलको कुरुवा राख्न थाले। यसबाट रुबल निसास्सिइन् र उनले हिट्लरसँग घर फर्किने आफ्नो इच्छा सुनाइन्। तर, हिट्लर रुबलप्रति यति मुग्ध भएका थिए कि उनलाई घर फर्किने अनुमति दिएनन्। अन्त्यमा, चौबिसौ घण्टाको निगरानीबाट विरक्तिएर उनले आत्महत्या गरिन्। हिट्लरसँग सबैभन्दा बढी नाम जोडिने युवती हुन्, इभा ब्राउन। उनी हिट्लरको प्रेमिका र पत्नी हुन्। बिहे गरेलगत्तै दुवैले आत्महत्या गरेका थिए। भाञ्जी रुबलको आत्महत्याको केही वर्षपछि हिट्लर इभा ब्राउनसँग आकर्षित भएका थिए। त्यसयता मृत्युपर्यन्त उनी इभाप्रति निष्ठावान् रहे। जर्मनीको राजधानी म्युनिख आउँदा उनी इभासँगै बस्ने गर्थे। यद्यपि, हिट्लरलाई प्रेमभन्दा बढी शक्तिसँग लगाव थियो। त्यसैले शक्तिआर्जनको दिशामा प्रेमले अवरोध सिर्जना गर्नु हुँदैन भन्ने उनको मान्यता थियो। त्यसैले म्युनिख बस्ने इभालाई उनी बर्लिन आउन दिँदैन थिए। प्रेमिकासँग रहे राजनीतिको कठोर साधनामा आफू कमजोर बन्नसक्ने भय थियो, हिट्लरलाई। जर्मनीको सत्ता कब्जा गरेपछि पनि उनले इभालाई बर्लिन आउन दिएनन्। सत्ताकब्जापछि दोस्रो विश्वयुद्ध सुरु भएकाले उनले आफ्नो सम्पूर्ण ध्यान युद्धमै लगाएका थिए। अन्त्यमा युद्ध हार्ने पक्का भएपछि मात्रै हिट्लरले इभालाई बर्लिन बोलाएका थिए। हिट्लरले इभासँग बिहे नगर्नु र उनलाई बर्लिन आउन नदिनुको अर्को कारण थियो– उनको कठोर मान्यता। उनी आफूलाई निस्पृह नेता बनाउन चाहन्थे। जर्मनीका युवतीमाझ उनी आफूलाई अविवाहित कामुक व्यक्तिका रूपमा स्थापित गराउन चाहन्थे। मुलुकका जवान केटीहरूको आकर्षणको केन्द्र बनेर उनीहरूलाई राष्ट्रनिर्माण र राष्ट्रसुरक्षामा क्रियाशील गराउनुपर्छ भन्ने उनको मान्यता थियो। त्यसैले इभासँग उनी सार्वजनिक ठाउँमा कहिल्यै सँगै देखापर्दैन थिए। युद्ध समाप्त नभइञ्जेल जर्मनहरूलाई इभाबारे पत्तो नै थिएन। सन् १९४५ को अप्रिलमा जर्मनीले युद्ध हार्ने निश्चित भएपछि इभालाई प्रेमी हिट्लरलाई भेट्न बर्लिन जाने साइत जुर्योु। बर्लिनलाई शत्रुराष्ट्रका सेनाले घेर्दै लगेकाले बङ्करभित्रको निवासमा रहेका हिट्लरलाई भेट्न इभा पुगिन्। अप्रिलको अन्त्यतिरको एउटा मध्यरात दुईको बिहे भयो। बिहेको एक दिनपछि दुवैले आत्महत्या गरे। हिट्लरले आफैँलाई गोली दागेका थिए भने इभाले सायनाइड खाएर आत्महत्या गरेकी थिइन्। एक दिन लामो वैवाहिक जीवन बिताएका उनीहरूको प्रेमलाई 'अभागी प्रेम'को संज्ञा दिने गरिएको छ।
स्रोत : अनलाईनखबर

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger