Widgets

Home » , » अधिकारी दम्पतीलाई जबर्जस्ती खुवाउन सर्वोच्चको आदेश

अधिकारी दम्पतीलाई जबर्जस्ती खुवाउन सर्वोच्चको आदेश

Written By sangalo on Tuesday, September 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

nanda

काठमाडौं, भाद्र १८ - आफ्ना छोराको हत्यारालाई कानुनी कारबाहीको माग गर्दै अनशन बसेका अधिकारी दम्पतीलाई उनीहरूको जीवनरक्षाका लागि नमाने पनि 'जबर्जस्ती खाना खुवाउन' सर्वोच्च अदालतले मंगलबार सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । एमाओवादी कार्यकर्ताबाट मारिएका गोरखा- ७ फुजेलका कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही गर्न माग राख्दै उनका आमा गंगामाया अधिकारी र बाबु नन्दप्रसाद अधिकारी ४३ दिनदेखि अनशन बसिरहेका छन् । उनीहरूको स्वास्थ्य स्थिति निकै कमजोर हुँदा पनि सरकारले आजसम्म कुनै ठोस पहल नगरेको भन्दै जीवनरक्षाका लागि उपर्युक्त आदेश जारी गर्न माग राख्दै रिट परेको थियो । उक्त रिटमा न्यायाधीश प्रकाश वस्तीको एकल इजलासले यस्तो आदेश दिएको हो । आदेशमा अधिकारी दम्पतीले दायर गरेको जाहेरी दरखास्तका सम्बन्धमा आजसम्म के कस्तो अनुसन्धान कारबाही भई कहाँ पुगेको छ भन्ने विषय अविलम्ब सार्वजनिक रूपमा विवरणपत्र जारी गर्न पनि भनिएको छ । 'अधिकारी दम्पतीलाई अनुसन्धानमा निजहरूको आवश्यकता र महत्त्व सम्झाई अनशन तोड्न आग्रह गर्नू र यसो गर्दा पनि नमाने जीवन रक्षार्थ जबर्जस्ती खाना खुवाउनेलगायत जे जो गर्नुपर्छ गर्नू भनी विपक्षीहरूको नाममा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ४१ (१) बमोजिम अन्तरिम आदेश जारी गरेको छ,' आदेशमा भनिएको छ । आदेशमा नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२ (१) को संरक्षण तथा नेपालले सन् १९९१ मा अनुमोदन गरेको आई.सी.सी.पी.आर. १९६६ को धारा ६ द्वारा प्रत्याभूत प्रत्येक व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षण अदालतको कर्तव्य भएको पनि आदेशमा उल्लेख छ । तत्काल केही नगर्दा नन्दप्रसाद अधिकारी तथा गंगामाया अधिकारीको जीवन खतरामा रहेको भन्ने निवेदकको कथनलाई विभिन्न सञ्चार माध्यमबाट प्रकाशित र प्रसारित समाचारद्वारा निवेदकले पुष्टि गरेको आदेशमा उल्लेख छ । आदेशमा भनिएको छ, 'यस स्थितिमा वीर अस्पतालको शय्यामा रहेका नन्दप्रसाद अधिकारी तथा गंगामाया अधिकारीको जीवन रक्षार्थ विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सार्थक र प्रभावकारी प्रयास नभएतर्फ यस अदालतको ध्यानाकर्षण भएको छ ।' यसैबीच अधिकारी दम्पतीले वीर अस्पतालको शय्याबाटै न्याय पाऊू भनी कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मालाई मंगलबार पत्र पठाएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger