Widgets

Home » , » १४ दिनको न्यायिक हिरासतमा आशाराम

१४ दिनको न्यायिक हिरासतमा आशाराम

Written By sangalo on Tuesday, September 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

photo

काठमाडौ, भाद्र १८ - जोधपुर (एजेन्सीहरू) नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका भारतीय धर्मगुरु आशाराम बापुलाई भारतको राजस्थान राज्यको जोधपुर अदालतले सोमबार १४ दिनको न्यायिक हिरासतमा पठाएको छ । उनलाई शनिबार अबेर राति मध्यप्रदेशका इन्दौरस्थित आश्रमबाट पक्राउ गरेपछि प्रहरीले सोधपुछका लागि एक दिनको मात्र म्याद पाएको थियो । उनलाई आइतबार बिहान मुख्य घटनास्थल जोधपुर ल्याइएको थियो । थुना म्याद समाप्त हुन केही घन्टा अगावै प्रहरीले उनलाई सोमबार बेलुकी अदालतमा उपस्थित गराएको थियो । अदालतले उनलाई जोधपुर सेन्ट्रल जेलमा १५ सेप्टेम्बरसम्म राख्ने आदेश दिएको छ । बिरामी भएको बहाना गर्दै दुई सातादेखि प्रहरीसँग लुकामारी खेल्दै आएको अर्बपति बाबा आशाराम चिकित्सकीय जाँचमा पूर्णतः स्वस्थ छन् । उनले जमानतका लागि गरेको अपिलमा मंगलबार बहस हुनेछ । प्रहरीले आफ्नो सोधपुछ पूरा भएको जनाएको छ । यौन शोषणमा सक्रिय सहयोग पुर्‍याउने आशारामका फरार सहयोगीहरू शिबा र शिल्पीको प्रहरीले खोजी गरिरहेको छ । महँगो र चम्किलो कार एवं भव्य आश्रममा बस्ने आशाराम पहिलोपटक प्रहरी खोरको अनुभव गरिरहेका छन् । बलात्कार भएको ठोस आधार जुटाउन प्रहरीले आइतबार एक चिकित्सकीय टोलीको सहयोगले आशारामको पुरुषत्वको जाँच गराएको थियो, जसमा उनी स्वस्थ देखिएका छन् । उनको यौनशक्तिमा कुनै कमी नरहेको जाँचमा पाइएको छ । चिकित्सकीय जाँचमा किशोरीसँग यौन शोषण भएको पहिला नै पुष्टि भइसकेको छ । आश्रममा आइतबार राति आशाराम र उनको कर्मचारीलाई आमनेसामने राखेर प्रहरीले सोधपुछ गरेको थियो । उनले त्यो किशोरीसँगै एक घन्टा एकान्तमा बिताएको स्वीकारे पनि बलात्कारको आरोपको खण्डन गरेका छन् । आशारामले लगातार झूट बोलेर मूर्ख बनाउन खोजेको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरिएपछि पीडित किशोरीले खुसी प्रकट गर्दै ईश्वरलाई धन्यवाद दिएको परिवारजनले बताएका छन् । सञ्चारमाध्यमको सहयोगले मात्र यो सम्भव भएको पीडितका पिताले बताए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger