Widgets

Home » » गर्लफ्रेण्डले समय नदिएपछि छोरी बिक्रीमा

गर्लफ्रेण्डले समय नदिएपछि छोरी बिक्रीमा

Written By sangalo on Tuesday, August 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
गर्लफ्रेण्डले आफुलाई ध्यान नदिएको भनि रिसले आगो भएका एक अमेरिकी पुरुषले आफ्नी दुइ महिनाकी छोरीलाई बेच्ने असफल प्रयास गरेका छन् । छोरीलाई १ सय डलरमा बेच्नका लागि उनले अनलाइनमार्फत विज्ञापन समेत गरे ।
ttt
स्टाटेन टापुका २३ वर्षीय पाउल माक्र्वेजले क्रेगलिष्ट वेबसाइटमा आफ्नी दुइ महिनाकी छोरी बिक्रीमा रहेको सूचना दिएका थिए । उनले वेबसाइटमा आफ्नी दुइ महिनाकी छोरी खेल्न तथा रमाउन मन पराउने तर उनी दमकी रोगी भएकाले जुनसुकै बेला पनि सास रोकिन सक्ने खतरा रहेकाले आफुलाई मन नपरेको र बेच्न चाहेको उनले बताएका छन् ।
उनले वेबसाइटमा छोरी बिक्रीमा राखेपछि त्यसले सनसनी मच्चायो । उनलाई सुरक्षाकर्मीले पक्राउ गरी उनीमाथि बालबालिकामाथि दुव्र्यवहार लगायतको मुद्दा दायर गरेको छ ।
स्मरण रहोस् ती बालिकाकी आमा १९ वर्षकी छिन् र उनको माक्र्वेजसँग अनलाइनमा भेट चिनाजानी भएर प्रेम बसेको थियो । प्रेमकै सिलसिलामा उनीहरुबीच शारीरिक सम्बन्ध भएपछि दुइ महिनाअघि ती युवतीले छोरी पाएकी थिइन् । छोरी पाएपछि स्वभावतः उनले छोरीलाई बढि समय दिनुपर्यो र प्रेमीलाई समय दिन पाइनन् । जसका कारण प्रेमीलाई डाहा भयो  र छोरीलाई शत्रु देख्न थाले अनि झुटो विवरण पेश गर्दै अनलाइन मार्फत छोरीलाई बिक्रिमा राखेको बताइएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger