Widgets

Home » , » रोबोटले मेटिदिनेछ यौन तिर्खा

रोबोटले मेटिदिनेछ यौन तिर्खा

Written By sangalo on Tuesday, August 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
यौनसुखको कामना गर्ने मानिसहरुका लागि एउटा चामत्कारिक अवसर हात लाग्ने भएको छ । अब यौनप्यास मेट्न चाहनेहरुले रेड लाइट एरिया धाउनुपर्ने छैन । सुरक्षित रुपमा पूर्ण सन्तुष्टिका साथ यौन सम्बन्ध कायम गर्न पाइनेछ । यौनसुखका लागि मानिससँगै सहबास गर्नुपर्छ भन्ने वाध्यता पनि अब पर्नेछैन । किनकी वैज्ञानिकहरुले यस्तो रोबोटको परिकल्पना छन् जसले महिला होस् वा पुरुष दुबैलाई यौन सुख प्रदान गर्नेछ ।
1
न्युजिल्याण्डका वैज्ञानिकहरुका अनुसार यो प्रकारको रोबोटले यौनको क्षेत्रमा क्रान्तिकारी फड्को मार्नेछ र यसले सन् २०५० सम्ममा विश्वको यौन पर्यटन व्यवसायलाई ठूलो लाभ पूराइदिनेछ ।
सेक्स रोबोट नामक उक्त यन्त्रमानव मानिसको यौनको भोक सजिलैसँग मेटाउन सक्षम हुने बताइएको छ । तर रोबोटसँग यौनप्यास मेटाउन चाहनेले गोजी भने गरम नै पार्नुपर्ने हुन्छ ।
भिक्टोरिया विश्वविद्यालयका शोधकर्ता इयान यिओमेन र यौनविज्ञ मिसेल मार्सले रोबोटसँगको यौन सम्बन्ध सुरक्षित हुने दाबी गरेका छन् । शोधकर्ताले रोबोट मानिस र यौन पर्यटन नामक शोध एक जर्नलमा प्रकाशित गरेका छन् ।
शोधकर्ताहरुका अनुसार नेदरल्याण्डको एम्सटर्डममा यस्तो रोबोट सेक्स क्लब संचालनमा हुनेछ । युब यम नामको उक्त क्लबमा ग्राहकहरुले रोबोटबाट मसाज, सम्भोग तथा ल्याप डान्स समेत गर्न सक्नेछन् । तर यसको लागि एक पटकको १२ लाख रुपैयाँ भन्दा बढि रकम तिर्नुपर्नेछ ।
शोधकर्ताहरु भन्छन् उक्त क्लब एम्सटर्डमको रेडलाइट एरिया जस्तै हुनेछ । जहाँ विविध धर्म सम्बन्धि कामशूत्रका साथै उमेर, भाषा तथा यौनिक फिचर्सहरु राखिनेछ ।
उक्त रोबोट जिवाणु प्रतिरोधी हुनेछ र सेक्स क्रिया पछि त्यसमा लागेको यौनिक रसलाई मज्जाले पखालिनेछ ।
शोधकर्ताको यो कल्पना तथा अनुमान पूरा होला नहोला त्यो भने हेर्न बाँकी नै छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger