Widgets

Home » , » राजेश हमालको नाम कांग्रेसको सूचीमा भुवन केसी काठमाण्डौबाट चुनाव लड्ने तयारीमा

राजेश हमालको नाम कांग्रेसको सूचीमा भुवन केसी काठमाण्डौबाट चुनाव लड्ने तयारीमा

Written By sangalo on Wednesday, August 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१२ भदौ, काठमाडौं । मंसिर ४ गते यदि संविधानसभाको चुनाव भैहाल्यो भने धेरै नेपाली कलाकारको परिचय फेरिने देखिएको छ । चुनावमा हारेका खण्डमा हरुवा कलाकार त जितेको खण्डमा सांसद । र, यस्तै परिचय बनाउने दौडमा लागेका छन् नायक भूवन केसी ।
संविधानसभा चुनावमा उम्मेदवार बन्ने तयारीका साथ विभिन्न कलाकारहरु यतिबेला माउ पार्टीसँग लबिङ गर्न व्यस्त छन् । नायक भुवन केसी पनि संविधान सभाको चुनावमा नेकपा एमालेका तर्फबाट प्रत्यक्ष उम्मेदवार बन्ने तयारीमा छन् । कलाकार केसीले काठमाण्डौको कुनै क्षेत्रबाट उम्मेदवार बनाउन पार्टीसमक्ष माग गरेका छन् ।
Rajush-and-bhuwanअनलाइनखबरसँगको भेटमा भुवनले भने, ‘केही दिनमै थाहा हुनेछ, काठमाण्डौबाट उम्मेदवार बन्ने सम्भावना बढेको छ ।’ आफूजस्तो एउटा कलाकार संविधान सभासम्म पुगेको खण्डमा सिंगो सिने नगरीलाई पनि फाइदा पुग्ने भुवनको तर्क छ ।
सिनेमा नगरीमा लामो समय बिताएका भूवन आफ्नो ख्यातीका कारण काठमाण्डौबाट चुनाव जित्ने सम्भावना बलियो रहेको बताउँछन् । सिनामंगलमा स्थायी घर भएका केसीले नेकपा एमालेका अध्यक्ष झलनाथ खनालसँग यसअघि नै भेट पनि गरिसकेका छन् । नायक केसीलाई एमाले पार्टीले काठमाण्डौबाट उम्मेदवार बनाउने बिषयलाई गहन रुपमा लिएको उनको बुझाइ छ ।
काठमाण्डौमा अघिल्लो संविधान सभाको चुनावमा हार बेहोरेका कारणले पनि एमालेले केसीजस्ता लोकपि्रय कलाकारलाई उठाउने सम्भावना रहेको बताइन्छ । यसका लागि भुवन अहिले लबिङ गरिरहेका छन् ।
राजेश हमालको नाम कांग्रेसको सूचिमा
भुवन केसी एमालेबाट चुनाव लड्ने तयारीमा लागिरहेकै समयमा नेपाली सिने क्षेत्रका चर्चित नायक राजेश हमाल नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारीमा रहेको बुझिएको छ । अहिलेसम्म हमालले यो विषयमा मुख नखोले पनि सिने बजारमा यो विषय निक्कै चर्चामा छ । हमाललाई नेपाली कांग्रेसले समानुपातिक तर्फबाट संविधान सभामा ल्याउने तयारी गरेको चर्चा चलेको छ ।
नायक राजेश हमालको पार्टी प्रवेशबारे जिज्ञासा राख्दा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अनलाइनखबरसँग भन्नुभयो- ‘रामेश्वर खनालजस्तै विभिन्न विधामा दक्ष व्यक्तित्वलाई कांग्रेसमा ल्याउने अभियानअन्तरगत हामीले एउटा सूचि बनाएका छौं, जसमा नायक राजेश हमालको समेत नाम छ ।’

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger