Widgets

Home » , » वैद्य अझै वार्ताको आशमा, विप्लव मार्चपासमा ! प्रचण्डसँग एकता प्रस्ताव ल्याउने विप्लवपक्षको तयारी

वैद्य अझै वार्ताको आशमा, विप्लव मार्चपासमा ! प्रचण्डसँग एकता प्रस्ताव ल्याउने विप्लवपक्षको तयारी

Written By sangalo on Wednesday, August 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१२ भदौ, काठमाडौं । अघिल्लो साता गोलमेच सम्मेलनमा सहमित गरेर अकस्मात् वार्ता भंग भएपछि आगामी दिनमा के गर्ने भन्नेमा नेकपा-माओवादी नेताहरु अलमलमा परेका छन् । पार्टीका शीर्ष नेताहरु मंसिर ४ को चनाबमै आएर भए पनि सरकारसँग वार्ता सफल पार्ने पक्षमा छन् भने वार्ता भंग भएपछि खुशी हुँदै झापा पुगेका नेत्रविक्रम चन्द (विप्लव)ले भने रातो पहिरनमा युवाहरुलाई सडकमा उतारेर चुनाव भए युद्ध हुने बताएका छन् ।mohan-baidya-ra-biplop
‘हाम्रो नेतृत्वले चारदलसँग भित्रभित्रै सहमति गरिसकेको छ, देव गुरुङकी पत्नीले समेत मंसिर ४ को चुनावमा जान्नौं कसैले नभनेको बताइसक्नुभएको छ,’ माओवादीका एक नेताले अनलाइनखबरसँग भने, ‘हाम्रा नेताहरु फेरि वार्तामा बस्न र मंसिर ४ को चुनावमा सहमति गर्न लालायित छन् ।
‘कांग्रेस सभापति सुशील कोइरालाले वैद्यपक्षलाई जसरी पनि सहमतिमा आउन आग्रह गर्नु र नेकपा-माओवादीका नेताहरु वार्ता टुटेका दिन युद्ध हारेका सिपाहीजस्तै देखिएकाले पुन : वार्ता हुने र मंसिर ४ कै चुनावमा सहमत हुने स्रोत दाबी गर्छ । ‘हाम्रा नेताहरु गोलमेचमा सहमति भएका दिन हँसिला देखिएका थिए, पर्सिपल्ट वार्ता भंग हुँदा युद्ध हारेका सिपाहीजस्तै देखिए,’ स्रोतले भन्यो, ‘यसैबाट स्पष्ट हुन्छ कि हाम्रा नेताले मंसिर ४ को चुनावमा जान खुट्टा उचालिसकेका छन् ।’
बुधबार आयोजित उच्चस्तरीय राजनीतिक समितिको बैठकले पनि वैद्यपक्षसँग वार्ता जारी राख्ने निर्णय गरेको छ । दुई दिनअघि ३३ दलको बैठकले पनि तत्काल हुने कडा संघर्षको कार्यक्रम घोषणा नगरेर वार्ताप्रति हरियो वत्ती देखाइरहेका बेला उच्चसतरीय राजनीतिक समितिले फेरि वार्ता गर्ने निर्णय गरेको हो ।
वैद्यले चुनावमा सहमति जनाए विप्लवले पार्टी एकता गर्ने
नेकपा-माओवादीभित्र विप्लव चुनाव वहिस्कारका पक्षपाती हुन् । तर, पार्टी नेतृत्वले पोखरा बैठकको म्यान्डेट विपरीत मंसिर ४ को चुनावमा सहमति जनाएको अवस्थामा विप्लवको समूह जंगल पस्ने अनुमान धेरैले गरेका छन् ।तर, अन्य नेताहरुभन्दा ‘डाइनामिक’ मानिने विप्लवले भने प्रचण्ड र वैद्यलाई भिन्नाभिन्नै चुनाव लड्न नदिने स्रोतको दाबी छ । ‘चुनावै लड्ने हो भने दुईवटा माओवादी किन चाहियो ?’ पार्टीका केन्द्रीय सदस्यसमेत रहेका विप्लवनिकट नेताले अनलाइनखबरसँग भने- ‘चुनावमा जाने हो भने प्रचण्डसँग पार्टी एकता हुन्छ र अरुले भन्न नसकेको यो प्रस्ताव विप्लव आफैंले अगाडि सार्नुहुनेछ ।’
भारतीय ‘रअ’ लगायतका विदेशी शक्ति एवं देशभित्रका कांग्रेस र एमालेले दुईवटा माओवादीलाई चुनाव लडाउने वा एउटालाई युद्धमा पठाएर माओवादी आन्दोलनलाई कमजोर पार्ने रणनीति बनाइरहेको विप्लवले राम्रोसँग बुझेको स्रोतको दाबी छ ।’अहिलेसम्म नेपाली राजनीति माओवादीको नारामा हिँडेको छ । अब संविधानसभामा भाग लिने अवस्था आयो भने कांग्रेसलाई श्रेष्ठता दिनुको साटो माओवादी मिलेर अघि बढ्छ र यसको पहलकदमी विप्लवले नै गुर्नहुनेछ ।’ वैद्य माओवादी स्रोतले भन्यो, ‘देशी विदेशी प्रतिक्रियावादीको सपना पूरा हुन दिइने छैन ।’
ज्ञापनपत्र बुझाउने तयारी
यसैवीच विप्लवनिकटका केही युवा नेताहरुले नेकपा-माओवादीका शीर्ष नेताहरुले चारदलसँग झुकेर सम्झौता गर्न लागेको भन्दै उनीहरुले अलग भेला गरेर संयुक्त हस्ताक्षरसहित पार्टी हेडक्वार्टर बुद्धनगरमा ज्ञापनपत्र बुझाउने तयारी गरेका हुन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger