Widgets

Home » » अपडेट: चतरामा ९० जना यात्री चढेको ढुंगा पल्टियो, २० बेपत्ता २ महिलाको शव फेला

अपडेट: चतरामा ९० जना यात्री चढेको ढुंगा पल्टियो, २० बेपत्ता २ महिलाको शव फेला

Written By sangalo on Monday, August 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

chatara sunsari

विराटनगर, श्रावण २१ - सुनसरीको चतरावाट उदयपुरको सोमबारे घाटतर्फ गइरहेको ढुंगा सोमवार दिउँसो २:५० बजे दुर्घटना हुँदा कम्तिमा २० जना हराइरहेका छन् । प्रहरीले २ महिलाको शव फेला परेको जनाएको छ । रामपुर ठोक्सिलाकी पार्वती खड्काको शव पहिचान भएको छ । घटनास्थलमा रहेका सशस्त्र प्रहरी बल ठोक्सिलाका प्रहरी निरीक्षक चक्र थापाका अनुसार ढुंगामा सवार करिव ९० यात्रुमध्ये ७० जना सम्र्पकमा आइसकेका छन् भने २० जना जति हराएको अनुमान छ । 'अहिल्यै यकिन संख्या भन्न कठिन छ, यात्रुहरुले वताएअनुसार ढुंगामा ९० जना जति रहेका र ७० जना जति वाहिर निस्केका छन्,' निरीक्षक थापाले भने, '४५ बर्ष र ५५ बर्षका दुई महिलाहरुको शव नदीबाट निकालेका छौं ।' डुंगा पारि पुग्नेबेलामा उत्रनका लागि यात्रुहरु तँछाडमछाड गर्दा डुंगा पल्टेको प्रहरी निरीक्षक थापाले बताए । अहिले स्थानीय बासिन्दा आफन्तहरु, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली नदी किनारामा उद्दारका लागि खटिएका छन् । घटनास्थलमा २० जना सशस्त्र प्रहरी १५ जना नेपाल प्रहरीको टोलीले उद्ार गरिरहेको छ । सुनसरीवाट प्रमुख जिल्ला अधिकारी सहितको सुरक्षा निकायको टोली घटनास्थलतर्फ लागेको छ । थप मद्दतका लागि टोली पठाइएको पुर्व क्षेत्रीय प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले वताए । घटनाको थप जानकारी आउन बाँकी छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger