Widgets

Home » » अन्तरीक्षमा मान्छेको साथी : बोल्ने रोबोट

अन्तरीक्षमा मान्छेको साथी : बोल्ने रोबोट

Written By sangalo on Sunday, August 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
जापानले मानिसजस्तै बोल्ने विश्वको पहिलो रोबोट अन्तरीक्षमा पठाएको छ । यो रोबोटलाई जापानी अन्तरीक्षयात्री कोची वटाकाको साथीको रुपमा अन्तरीक्षमा पठाइएको हो । वटाकाको अन्तरीक्ष अभियान आगामी नोभेम्बरबाट सुरु हुनेछ । उनले नोभेम्बरबाट अन्तराष्ट्रिय अन्तरीक्ष स्टेशनको कमाण्डर भई काम गर्नेछन् ।
talking robot
किरोबो नामको उक्त रोबोटलाई अन्तराष्ट्रिय अन्तरीक्ष स्टेसनमा काम गरिरहेका अन्तरीक्षयात्रीहरुका लागि सामान पठाइएको एक रकेटमा हालेर जापनको तानेगासिमा द्विपबाट अन्तरीक्षमा पठाइएको हो । उक्त रोबोट सहितको रकेट आगामी अगष्ट ९ मा स्पेस स्टेसनमा पुग्नेछ ।
१३ इन्चको उक्त रोबोट वास्तवमा एक शोधको हिस्सा हो जसको माध्यमबाट यो तथ्यको पत्ता लगाउन खोजिएको छ की कसरी एक्लै रहने व्यक्तिहरुलाई मेसिनले भावनात्मक सहारा दिन सक्छ ?
उक्त मानवरुपी रोबोटको तौल एक किलो छ र यसले केही मानवीय स्वरुपका शारीरिक क्रियाकलाप समेत गर्नसक्छ । यसले जापानी भाषामा कुराकानी गर्ने बताइएको छ । उसले कुरा गर्ने मात्र होइन अरुसँग आफुले गरेको कुराकानी रेकर्ड समेत गर्छ । यसले कन्ट्रोल रुमबाट प्राप्त सन्देश अन्तरीक्षयात्री बटाकालाई दिने तथा वटाकालाई देख्ने बित्तिकै चिन्ने रोबोट निर्माता टोमोटाका टाकाहाशी बताउँछन् ।
यो रोबोटले मान्छे र मेसिन, मान्छे र इन्टरनेट तथा कहिलेकाहीँ मान्छे मान्छे  बीचमा समेत मध्यस्तकर्ताको काम गर्ने टाकाहाशी बताउँछन् । टाकाहाशीले निकै कडा मेहेनतपूर्वक बनाएको यो रोबोटको काम हेर्न उनले ९ महिनासम्म दर्जनौँ पटक परीक्षण गरेका थिए । स्मरण रहोस् यो रोबोट निर्माणमा कार निर्माता कम्पनी टोयोटा तथा विज्ञापन कम्पनी डेन्टसूले पनि सहयोगगरेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger