Widgets

Home » » हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

Written By sangalo on Saturday, August 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२० साउन, सर्लाही । सर्लाहीमा हात्तीको आक्रमणमा परी दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । जंगलबाट निस्किएको हात्ती गाउँ पस्दा खेतमा पानी लगाउन गएका हरिपुर १ जुटपानीका ३० बर्षका उपेन्द्र महतो र घरमा सुतेकी अढाई बर्षकी हिरिया महतोको ज्यान गएको ईलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ। उपेन्द्र महतो खेतमा पानी लगाउन गएको बेला बाटोको छेउमा सुति रहेको अवस्थामा हात्तीले घिसारेर मारेको स्थानियहरुले बताएका छन् । त्यस्तै गर्मीको समयमा घरको आँगनमा सुतिरहेको अस्वथामा हात्तीले आक्रमण गर्दा हिरीया महतोको मृत्यु भएको हो । हिरीयाकै जुम्लयाहा बहिनी गिरीया महतोको खुट्टा भाचिएको प्रहरीले जनाएको छ । परिवारका सबै जना आँगनमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा भागेको तर दुवै नाबालिका त्यही छुटेका थिए । यस अघि सर्लाहीमा असार १५ गते लालबन्दी-७ चन्द्रपुर बस्ने ४० वषिर्य मधुमया योञ्जन र साउन १७ गते ढुंग्रेखोला-८ की ३८ वषिर्य पुणर्ीमा मोक्तानको हात्तीको आक्रमणवाट मृत्यु भएको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger