Widgets

Home » , » जगजित र रविन घाइते

जगजित र रविन घाइते

Written By sangalo on Monday, August 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


काठमाडौ, भाद्र ११ - नेपालका विंगर जगजित श्रेष्ठ र डिफेन्डर रविन श्रेष्ठ घाइते भएकाले अभ्यासमा मैदानबाहिरै छन् । कुवेती क्लब अल फाहहिलविरुद्ध ३-० ले जितेको खेलमा शनिबार जगजितको दायाँ खुट्टाको कुर्कुच्चा ठोक्किएपछि हल्का सुन्निएको छ । 'खुट्टा टेक्न गाह्रो भएको छ । फिजियोले २-३ दिन आराम गर्नुपर्छ भनेका छन्,' उनले भने । रविनको बायाँ खुट्टामा ह्यामस्टि्रङ भएको छ । उनले शुक्रबारदेखि अभ्यास गरेका छैनन् । त्यसैले उनी फाहहिलविरुद्धको मैत्रीपूर्ण खेलमा मैदानमा उत्रिएनन् । भरत फर्किए नेपाली सेनाको सहायक सेनानीको आधारभूत तालिममा सहभागी भरत खवास राष्ट्रिय टिमको प्रशिक्षणमा सोमबार फर्किएका छन् । फरवार्ड र अट्याकिङ मिडफिल्डमा खेल्ने भरत त्यही तालिमकै कारण गल्फ क्षेत्रको भ्रमणमा गएका थिएनन् । स्वदेशमै असारदेखि भएको अभ्यासमा पनि उनी अनुपस्थित थिए । सेनाको 'क्याडेट' तालिममा वैशाखदेखि नै सहभागी भएकाले उनी गोर्खा कपको फाइनल पुगेको आर्मीको टिममा पनि थिएनन् । भुटानी टिम आयो पहिलोपल्ट साफ च्याम्पियनसिपको समूह चरणबाट माथि उक्लिने लक्ष्यसहित भुटानी राष्ट्रिय फुटबल टिम सोमबार काठमाडौं ओर्लिएको छ । भुटानी टिममा २० खेलाडी र ४ अफिसियल छन् । भुटान पछिल्लोपल्टको उपविजेता अफगानिस्तान, सन् २००८ को विजेता माल्दिभ्स र श्रीलंकासँगै समूह 'बी' मा छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger