Widgets

Home » , » 'आशिकी जोडी' श्रद्धा कपुर र आदित्य राय रियल लाइफमा पनि

'आशिकी जोडी' श्रद्धा कपुर र आदित्य राय रियल लाइफमा पनि

Written By sangalo on Monday, August 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


महिनादिन अघि मात्रै 'आशिकी-२' चल्दा यसका नायक- नायिकालाई खासैले चिनेका थिएनन् । तर लभस्टोरी फिल्मले निर्माताको मात्रै उद्धार गरेन, 'आशिकी जोडी' श्रद्धा कपुर र आदित्य राय कपुरलाई पनि उचाइमा पुर्‍याइदियो । त्यो उचाइ यतिबेला अनस्त्रिmनबाट अफस्त्रिmनसम्मै पुगेको गाइँगुइँ चल्न थालेको छ । यति बेला आदित्य को-स्टार श्रद्धाको बढी नै आशिकी भएको देखिन थालेको हो । जब कि यी दुईले उक्त फिल्ममा खेल्न साइन गर्नुअघिसम्म पनि एक-अर्कालाई चिन्दैनथे । तर सम्बन्ध घनिष्ठतामा बदलिन यिनीहरूलाई एउटै फिल्म काफी भयो । खासमा उनीहरू फिल्मको प्रमोसनको क्रममा दौडधुप गर्दा बढी नजिकिएका थिए । यो सिलसिला हालै एउटा डान्स पार्टीमा पनि देखिएपछि कुरा काट्नेका लागि सजिलो भएको हो । फेसन शोसहितको डान्स पार्टीमा श्रद्धा र आदित्यलाई रातभर एकअर्काका हात समात्दै नाचेको भेटिएको थियो । उनीहरूनिकटले पनि यति बेला दुई एकअर्काका परिपूरक भएको र एकअर्काको एक झलकको व्यग्र रहने गरेको बताउन थालेका छन् । यी दुई जोडिनुअघि आदित्य भीजेबाट नायिका बनेकी रिया चक्रवर्तीसँगको प्रेममा थिए भने श्रद्धा पनि गैरफिल्मी ठिटोसँग रिलेसनसिपमा थिइन् । तर दुवैले पुरानो सम्बन्धलाई तोडेर सिंगल भएका बेला एकअर्कालाई पाएका हुन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger