Widgets

Home » » बिहेका कस्ता कस्ता संस्कार !!!

बिहेका कस्ता कस्ता संस्कार !!!

Written By sangalo on Wednesday, August 21, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बहुजातीय समुदाय रहेको हाम्रो देशमा पनि विवाहका विभिन्न अनौठा संस्कार कायम छन् । विवाह गर्दा च्युरीको बोट दाइजो दिने, बिहे गर्दा विषको प्याला दिने, विहेमा टाउको ठोक्काउने, बिहेको बेला दुलही लतार्ने जस्ता विभिन्न खाले संस्कार हामीकहाँ रहेका छन् । तर विश्वका अन्य देश तथा समुदायमा पनि हामीकहाँ भन्दा अझै रोचक तथा अनौठो संस्कारहरु छन् ।
स्कटल्याण्डमा विवाहमा दुलाहा दुलहीलाई मुखमा कालो दल्ने चलन छ । साथै बेहुला बेहुलीमाथि दुर्गन्ध आउने चिज जस्तै सस, कुहेका अण्डा समेत फ्याँक्ने चलन छ । मुखमा कालो दलेर तथा जिउमा गन्हाउने चिजले हानेर दुलाहा दुलहीलाई गाउँ घुमाउने चलन छ ।
1
जर्मनीको एक सानो गाउँमा दुलही चोर्ने संस्कार छ । बिहेको दिन बेहुली साथीहरुले बेहुलीलाई अपहरण गरि कतै लगेर लुकाउँछन । बेहुलाले आफ्नी बेहुली खोजेर भेटाउनर्ुपर्छ । भेटाउन नसकेमा बेहुलाले बेहुलीका सबै साथीलाई पैसा दिएर दुलही फिर्ता लिनुपछ ।
जर्मनीकै एक समुदायमा बिहेको बेला काठ चिर्ने चलन छ । बेहुला बेहुलीलाई एक काठको ठूला टुक्रा काट्न दिइन्छ र साथमा हतियार पनि दिइन्छ । बेहुला बेहुली मिलेर राम्रो ढंगले त्यो काठ चिर्न सके भने उनीहरुको वैवाहिक जिवन सुखी हुने ठानिन्छ ।
स्विडेनमा एक यस्ते वैवाहिक संस्कार छ जुन हाम्रोमा अहिले सोँच्न पनि सकिन्न । विवाह समारोहमा आउने जो कोही पाहुनले दुलहीलाई चुम्बन गर्न पाउँछ ।

जर्मनीमा विवाहका बेला थाल फोड्ने चलन छ । विवाहमा पाहुनाहरुले सेरामिक्सका प्लेट लिएर आउँछन् । अनि विवाह समारोहमा बेहुला बेहुलीका अगाडि जमिनमा फ्याँकेर टुक्रा टुक्रा पार्छन् । यसरी प्लेट फोड्दा आउने आवाजले राक्षसी आत्मलाई भगाउने जनविश्वास रहेको छ ।
अफि्रकाको मसाइ आदिवासीमा विवाहका दौरान एक अनौठो परम्परा छ । जहाँ बेहुलीको बाउले आफ्नी नव विवाहिता छोरीकोे टाउको तथा छातिमा थुकेर आशिर्वाद दिने गर्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger