भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
यो वर्षको सबैभन्दा सफल तथा चर्चित बलिउड फिल्म चेन्नइ एक्सप्रेसको सफलताले फेरि एकपटक यो कुरा प्रमाणित गरिदिएको छ की बलिउडमा यदि कोही बादशाह छ भने त्यो केवल शाहरुख खान हो जो सम्म पुग्नु निकै मुस्किल छ ।
आफ्नो सफलताबाट निकै खुसी बनेका किंग खानले चेन्नइ आफ्नो २० वर्षे फिल्मी करिअरको मेहेनतको परिणाम भएको बताए । चेन्नइ एक्सप्रेसले आफ्नो २० वर्षको ऋण चुक्ता गरेको र यो फिल्म आफ्नो दुइ दशकको सुखद-दुखद यात्राको भरपाइ रहेको समेत बताएका छन् । चेन्नाइले अहिलेसम्म २ अरब भन्दा बढि कमाइ गरिसकेको छ ।
अगष्ट ९ मा रिलिज भएको चेन्नइ एक्सप्रेसमा शाहरुख सँगै दिपिका पादुकोण लगायतको अभिनय रहेको छ । फिल्मका निर्देशक रोहित सेट्टी हुन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.