भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
अमेरिकी वैज्ञानिकहरु मानव कोषबाट कृत्रिम कानको विकाश गर्न सफल भएका छन् । सेल इन्जिनियरिङ क्षेत्रमा प्राप्त यो नविन उपलब्धी सँगै अब मानिस तथा जनावरको कोष प्रयोग गरी मानिसको कान तयार पार्न सकिने बताइएको छ । म्यासाच्युसेट्स जनरल हस्पिटलका शोधकर्ताहरुका अनुसार कृत्रिम रुपमा प्रयोगशालामा तयार पारिएको यो कानले पूरै रुपमा वास्तविक कानले जस्तै काम गर्न सक्छ । यो प्रविधिको माध्यमबाट भविष्यमा कान नभएका वा विभिन्न कारणले कान तथा श्रवण शक्ति गुमाएका मानिसहरुमा कानको प्रत्यारोपण सहित सुन्ने शक्ति समेत दिन सम्भव हुने दाबी वैज्ञानिकहरुको छ । मानिसको कोषबाट मात्र होइन भेँडाको सरीका कोषको प्रयोग गरेर पनि कृत्रिम कानको विकाश गर्न सकिने शोधकर्ताहरु बताउँछन् । कोषबाट मानिसको कानको विकाश गर्ने यस प्रविधिको अझै थप अनुसन्धान आवश्यक रहेको र ५ वर्षभित्रमा मानिसको सरीरमै प्रत्यारोपण गर्न सकिने कानको विकाश गर्न सकिने अपेक्षा वैज्ञानिकहरुको छ । स्मरण रहोस् वैज्ञानिकहरुले मानिसको कृत्रिम मृगौलाको विकाशका बारेमा पनि अनुसन्धान गरिरहेका छन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.