Widgets

Home » , » राष्ट्रपतिले राखे निर्वाचनको चासो

राष्ट्रपतिले राखे निर्वाचनको चासो

Written By sangalo on Monday, August 12, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

President-Regmi

काठमाडौ, श्रावण २९ - राष्ट्रपति डा रामवरण यादव र मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीबीच आज बिहान भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटवार्तामा समसामयिक राजनीतिक विषय निर्वाचन र दलसँग भइरहेको वार्तालगायत विषयमा छलफल भएको बुझिएको छ । सो भेटमा राष्ट्रपति डा यादवले निर्वाचनका लागि भइरहेको प्रगति, निर्वाचनमा असन्तुष्ट दलसँगको वार्ता र समसायमिक विषयमा चासो राखेका थिए । भेटपछि मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले आफ्नो राष्ट्रपतिसँग नियमित भेटघाट भएको जानकारी दिँदै सबै विषयमा छलफल भएको बताए, “राष्ट्रपतिसँग मेरो यो नियमित भेटघाट हो, समसामयिक सबै विषयमा छलफल भयो” सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले भने । सरकारले निर्वाचनमा असन्तुष्ट दलका मागका बारेमा छलफल गरी निर्वाचनमा सहभागी गराउने हेतुले वार्ता प्रक्रियालाई अघि बढाइरहेको छ भने निर्वाचनमा असन्तुष्ट रहेको प्रमुख दल नेकपा–माओवादीसहितको ३३ दलीय मोर्चासँग आज वार्ता गर्दैछ । निर्वाचनको मिति नजिकिँदै जाँदा सरकारले निर्वाचनलाई सफल बनाउन आफ्नो ध्यान केन्द्रित गरेको छ । त्यसबाहेक उच्चस्तरीय राजनीतिक समितिले साउनभित्रै निर्वाचनप्रति असन्तुष्ट रहेर आफ्नो माग राखिरहेका नेकपा–माओवादीलगायत दलसँग निर्णायक वार्ता गर्ने निर्णय गरेको छ । समितिले आज मधेसी जनअधिकार फोरम नेपाल का अध्यक्ष उपेन्द्र यादव रहेको मोर्चा र सङ्घीय समाजवादी दलका अध्यक्ष अशोककुमार राई रहेको मोर्चासँग आजै वार्ता गर्दैछ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger