Widgets

Home » » कोइराला गान्धीको समाधीस्थल राजघाट पुगे आजबाट भेटघाट सुरु

कोइराला गान्धीको समाधीस्थल राजघाट पुगे आजबाट भेटघाट सुरु

Written By sangalo on Sunday, August 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Sushil Koirala

नयाँ दिल्ली, श्रावण २१ - भारतीय प्रधानमन्त्रीको औपचारिक निम्तो पाएर दिल्ली आएका नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले सोमबार बिहान राजघाटस्थित महात्मा गान्धीको समाधीस्थलमा गएर श्रद्धान्जलि व्यक्त गरेका छन् । भारत सरकारका बिशिष्ट पदाधिकारीसाग भेटघाटपूर्व नेता कोइरालाले राजघाट जान चाहेकाले अरु नियमित तालिकामा यो कार्यक्रम थप गरिएको हो । कोइरालाका साथमा महामन्त्रीद्धय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह तथा दिल्लीस्थित कार्यबाहक राजदूत खगनाथ अधिकारी पनि राजघाट पुगेका थिए । महामन्त्री सिटौलाका अनुसार कोइराला बसेको कनटप्यालेसस्थित होटल ललिलतमा विदेश सचिव सुजाता सिंह सोमबार दिउासो भेटवार्ता गर्न आउने भएकी छिन् । कोइरालाले प्रधानमन्त्री मनमोहन सिंह तथा प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेननसाग सोमबार अपरान्ह भेटवार्ता गर्दैछन् । 'निर्वाचन र शान्ती प्रकृयाको प्रमुख प्राथमिकतामा कुराकानी हुनेछ,' सिटौलाले भने- 'केही राष्ट्रिय प्राथमिकताका विकास कार्यक्रममा भारतसागको साथ-सहयोग माग्दैछौं ।' उनले कांग्रेसबाट पूर्व प्रधानमन्त्रीको हैसियतमा यसअघि शेरबहादुर देउवाको दिल्लीको भ्रमण भएकेा र यसपटक पार्टी सभापतिको भिन्न हैसियतमा कोइरालालाई भ्रमणको निम्तो दिइएको जानकारी दिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger