Widgets

Home » » पाठेघरभित्र साढे पाँच किलोको टयुमर !

पाठेघरभित्र साढे पाँच किलोको टयुमर !

Written By sangalo on Friday, August 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१८ साउन, झापा । एक निजी अस्पतालमा शल्यक्रिया गरेर एक महिलाको पाठेघरमा रहेको साढे पाँच किलोग्रामको टयुमर निकालिएको छ । इलाम कोलबुङ-४ देउराली घर भएकी ४८ वर्षीया विष्णुमाया राईको पाठेघरबाट शल्यक्रियामार्फत चिकित्सकले त्यति ठूलो टयुमर निकालेका हुन् । भद्रपुरको ओमसाई हस्पिटलमा राईको शल्यक्रिया गरिएको हो । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा जयकुमार ठाकुरले दुई घन्टा लामो शल्यक्रिया गरेर टयुमर निकाल्न सफलता पाएको अस्पतालले जनाएको छ । पच्चिस र ३० वर्षका दुई सन्तानकी आमा राई टयुमरका कारणले छ महिनादेखि अस्वाभाविक ढङ्गले पेट दुख्न र बढ्न थालेपछि उपचारका लागि अस्पताल आएकी थिइन् । बेलैमा उपचार नगरेको भए टयुमरका कारण रक्तस्राव र दुखाइबाट बिरामीको ज्यानसमेत जान सक्ने जोखिम रहेको उपचारमा संलग्न चिकित्सक बताउँछन् । रासस

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger