Widgets

Home » , » यस्तो समस्या उमेरको कारणले पनि आउँछ ?

यस्तो समस्या उमेरको कारणले पनि आउँछ ?

Written By sangalo on Sunday, August 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
म ५६ वर्षको पुरुष हुँ। केही वर्षअघि मेरी श्रीमतीको मृत्यु भयो। मेरा तीन छोरा-छोरी छन्। जेठी छोरीको विवाह भैसकेको छ। समाजमा सबैले दिएको सरसल्लाहअनुसार मैले एक वर्षअघि अर्को विवाह गरे। उनी ५० वर्षीया अविवाहित महिला हुन्। मैले दोस्रो विवाह गर्नुको उद्देश्य सामाजिक, शारीरिक एवं भावनात्मक रूपमा सुरक्षित महसुस गर्नु थियो। हाल आएर श्रीमतीसँग शारीरिक रूपमा आफू सन्तुष्ट हुन नसकेको र आफ्नी श्रीमतीलाई पनि सन्तुष्टि दिन नसकेको महसुस भैरहेको छ, जसको प्रत्यक्ष असर मेरो र उनको सम्बन्धमा परेको छ। आज भोलि हाम्रो दैनिकजस्तो मनमुटव भैरहन्छ। यस्तो समस्या उमेरको कारणले पनि आउँछ ? उनी मेरो पहिलेकै श्रीमतीलाई भुल्न नसकेकाले यस्तो भएको आरोप लगाउँछिन्। वास्तवमा मलाई के भएको हो र यसको समाधान के छ ?

बी.

तपाईंको दोस्रो विवाहमा सन्तुष्टि कम वा असन्तुष्ट रहने कारणहरूमा मानसिक अन्तरद्वन्द्व एक प्रमुख कारणका रूपमा देखिन्छ। तपाईंले दोस्रो विवाह त गर्नुभयो तर ती श्रीमती र छोराछोरीसँग आफ्नो निःस्वार्थ सम्बन्ध भएन कि भन्ने कुरा तपाईंलाई खट्किरहेको हुन सक्छ। कतै आफूले आफ्नो स्वार्थ मात्र पूरा गरें कि भन्ने मनमा परिरहेको हुन सक्छ। तपाइर्ंलाई आफ्नी श्रीमती र छोराछोरीप्रति बफादार नभएको र मायालाई सम्मान नगरेको महसुस हुन्छ। कतिपय अवस्थामा दोस्रो विवाह गर्नु कतै गल्ती पो हो कि भन्ने आभास भैरहन्छ। हेर्दा सामान्य लागे पनि विभिन्न सोचाइ मनमा खेल्छन्। यस्ता कुराले मनोविज्ञानमा प्रतिकूल असर पारिरहेको तथा यौन सन्तुष्टि प्राप्त गर्ने कुरामा पनि समस्या भएको हुन सक्छ। अनुसन्धानहरूले पनि दोस्रो विवाह पहिलेको भन्दा उत्साहित नहुनुमा छोराछोरी र पैसालाई प्रमुख कारकका रूपमा देखाएका छन्। त्यसैले तपाईंले आफ्ना यस्ता इच्छा, अपेक्षा, बानी तथा आवश्यकताहरूलाई रूपान्तरण गर्नु आवश्यक हुन्छ। 

महत्त्वपूर्ण कुराचाहिँ के हो भने हरेक व्यक्ति फरक हुन्छन् र हरेक व्यक्तिसँगको यौनसम्बन्ध फरक किसिमले रमाइलो बनाउन सकिन्छ। अर्को कारण भनेको हार्मोनहरूमा आएको परिवर्तन हो। उमेर बढ्दै जाने क्रममा महिला र पुरुष दुवैमा हार्मोन परिवर्तन हुनु स्वाभाविक हो। महिलामा आउने परिवर्तन विशेष गरेर मेनोपज अर्थात् महिनावारी रोकिनुअघि महिलाको योनिका तन्तुहरू पातलो हुने, सुख्खा हुने र चिल्लो पदार्थ कम निस्कने हुन सक्छ, त्यसैले पहिले आनन्द महसुस गर्ने महिलाले पनि पछि त्यस किसिमको आनन्द नपाउन सक्छन्। त्यसैगरी पुरुषमा पनि हार्मोन परिवर्तन हुन्छ, टेस्टोसटेरोन हार्मोनले पुरुषको यौनइच्छामा प्रभाव पार्छ। पुरुष २० देखि ३० वर्षको हँुदा यौनइच्छा तीव्र हुने र त्यसपछि कम हुने हुन्छ। १ हजार ४ सय ८ जना २० देखि ६० वर्ष उमेरका स्वस्थ पुरुषमा गरिएको फ्रेन्च अनुसन्धानअनुसार २५ प्रतिशत पुरुषमा ४० वर्षउता टेस्टोसटेरोन हार्मोनको कमी हुँदै जान्छ र त्यसले यौनजीवनमा असर गर्ने कुरा उल्लेख गरिएको छ। न्युयोर्क सिटीको मेडिसिन अफ माउनसिनाइ स्कुलको मानव यौनिकता कार्यक्रमअन्तर्गत राहुल सी सिचाभीले ४५ देखि ७४ वर्षका ७७ जना स्वस्थ पुरुषमा गरेको अध्ययनले यौनइच्छा र क्रियाकलापमा टेस्टोसटेरोन हार्मोनको कमीले असर पारे पनि यौनआनन्दमा त्यसको कुनै असर नहुने देखाएको छ तर यी परिवर्तनले कुनै पनि व्यक्तिको यौन जीवनमा पूर्ण बाधा पुर्‍याउँदैन। 

यौनसम्पर्क र उमेरको केही सम्बन्ध त पक्कै पनि छ, तर मानिसहरूले यसलाई कसरी लिइरहेका छन् भन्ने कुरा महत्वपूर्ण हो। यौनसम्पर्क र यौनजन्य गतिविधिबाट आनन्द लिने कुरा बुढ्यौलीमा अनि दोस्रो विवाहमा पनि सम्भब छ। फरक यति हो कि मानिसहरूले हरेक निर्णयसँगै आफूलाई समायोजन गर्दै लगेका छन् कि छैनन् ? उमेर बढ्ने क्रमसँगै अनुभवबाट पनि फाइदा लिन सकिन्छ। उमेर बढ्दै जाने कुरा सामान्य हो। यससँगै सेक्सको नियमित रुटिन परिवर्तन गर्नुपर्ने हुन सक्छ। यौनजीवनलाई आनन्दित बनाउनु, लाइट मुडमा रहनु, एकअर्कालाई अझ बढी माया गर्नु, हिँडडुलबाट शारीरिक तथा मानसिक स्वास्थ्यस्थिति तन्दुरुस्त राख्नु, नयाँ-नयाँ सोचविचार ल्याउनु तथा छलफल गर्नु, सेक्सका कुरा गर्नु, रमाइलो कल्पना गर्नु, पर्याप्त समय लिएर डिनर वा मनोरञ्जन प्राप्त हुने ठाउँमा जानु, धेरै लजालु नबन्नु र इमान्दार रहनु आवश्यक छ। आफ्नो आशा, सपना, यौन जीवन र आर्थिक कुराहरूका बारेमा छलफल गर्नुभयो भने तपाईंहरूले आफ्नो जीवनलाई उत्कृष्ट बनाउन सक्नुहुन्छ। 

डा. टेसिनाका अनुसार यौन जीवनलाई प्राथमिकता दिनु महत्वपूर्ण पाटो हो। दाम्पत्य जीवनमा यौन क्रियाकलापलाई तल्लो दर्जामा राख्दा अन्य विभिन्न समस्या उत्पन्न हुन सक्छन्। यौन नै यस्तो क्रियाकलाप हुन सक्छ, जसले एक-अर्कालाइ बुभmन, भावनात्मक कुरालाई महसुस गर्न र सम्बन्धलाई मजबुत बनाउन मद्दत गर्छ। उमेर ढल्कँदै गएपछि पनि यौनजन्य आनन्द लिन सकिन्छ। यतिबेला यौनसाथीबीच नजिकको सम्बन्ध सबैभन्दा महत्वपूर्ण कुरा बन्न पुग्छ। सकारात्मक सोचले काम गर्ने बानी बसाल्ने, मानसिक तथा शारीरिक अवस्था तन्दुरुस्त अवस्थामा राख्ने, चिन्ता नलिने र बुढयौली तथा नयाँ विवाहसँगै आफूलाई अनुकूल बनाउँदै लाने हो भने यौन आनन्दमा कमी नहुने अध्ययनहरूले देखाएका छन्। यी कुराले दोस्रो विवाहको यौनजीवनलाई स्वस्थ र आनन्दित मात्र बनाउने होइन कि थप स्वस्थ र फुर्तिलो पनि बनाउँछ। यति हुँदाहुँदै पनि एउटा अर्को सत्य के हो भने २२ वर्षको उमेरमा र ५४ वर्षको उमेरमा एउटै आनन्द प्राप्त हुन सम्भव छैन। यस्तो अपेक्षाबाट केही टाढा रहनु नै राम्रो हो, तर अनुभवजन्य कुराले कहिलेकाहीं बढी र नयाँ प्रकारको आनन्द प्राप्त हुन सक्ला। त्यस्ता पक्षको खोजी गर्नु राम्रो हो।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger