भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
पोखरामा तपाईं ग्याङ्वारको नाइके हुनुहुन्थ्यो भनिन्छ। सानै उमेरमा यस्तो पद कसरी पाइँदो रहेछ ?
म कराँते, बक्सिङजस्ता खेलमा सानैदेखि रुचि राख्थें। त्यो बेला उमेर नै कस्तो थियो भने आफ्नो क्षमता देखाइहालौं, अरूको अघि हिरो बनौं भन्ने लाग्दो रहेछ। अरूभन्दा फरक देखिने चाहनाले म टोलको लडाइँमा अघि हुन्थें। जाँड-रक्सी खाएपछि आफूभन्दा पाका केटाहरूलाई पिट्ने हिम्मत आउँथ्यो। यसरी पिट्न थालेपछि मलाई ग्याङ्को नाइके बनाइयो।
हङकङ पुगेपछि पनि यस्तो प्रवृत्ति छाड्नुभएन। कसरी पुग्नुभो हङकङ ?
मेरो जुन युवतीसँग प्रेम थियो, उनीसँग हङकङको आइडी थियो। उनकै पछि लागेर पुगियो। आफ्नो प्रेम छुट्ला भनेर म हङकङ गएको हुँ।
विदेशमा नेपालमा जस्तो गुन्डागर्दी गर्दा डर लागेन ? किनभने हङकङ विश्वकै राम्रो कानुनी राज्य हो, होइन र ?
नेपालमा जोसमा गलत काम पनि गरियो होला। हङकङमा भने कहिल्यै जोसमा मात्र काम गरिएन। सधैं दिमाग लगाएर काम गरें। जहाँ अन्याय भएको छ, त्यहाँ एक्सन लिँदा पनि कानुनले गलत भन्न सक्दैन, त्यसैले हामीले एक्सन लियौं।
पहिलो ग्याङ वार कुन थियो, त्यो एक्सन कसरी गर्नुभयो ?
हङकङमा पुसिगेट नामको एरिया छ। उक्त ठाउँ डिस्को थेकका लागि प्रख्यात छ। त्यहाँका डिस्कोहरूमा नेपालीहरूलाई पस्न दिइँदैनथ्यो। पस्न दिए पनि खुलेर मनोरञ्जन गर्न नपाउने, चिनियाँहरूले हेप्ने चलन रहेछ। विश्व हल्लाएका गोर्खाका सन्तानहरू यसरी हेपिएको देख्दा सबैको मन कुँडिँदो रहेछ। विदेश भनेर केही गर्न नसक्ने रहेछन्। जब मैले त्यस्तै अपमान महसुस गरें, अनि साथीहरूलाई एकजुट बनाएर चढाइ गरें। हाम्रो ६० देखि १ सय जनाको ग्रुप थियो। त्यहाँका बाउन्सरहरूलाई कुटेर धूलो पारेपछि सबै डिस्को थेक अस्तव्यस्त भए। अन्त्यमा डिस्कोका मालिकहरू ती डिस्को थेकको सुरक्षा हामीलाई सुम्पिन राजी भए। हाम्रो पहिलो सफलता त्यही थियो।
त्यो बेला तपाईंको उमेर सानै थियो। तपाईंलाई यति धेरै नेपालीले कसरी विश्वास गरे ? कानुनको फन्दामा किन पर्नुभएन ?
म २० वर्षकै उमेरमै हङकङ पुगेको थिएँ। म त्यहाँ पुगेको एक वर्ष पुग्न लागेको थियो। त्यहाँका नेपाली पुर्वेली, पश्चिमेली, थेप्चे, चुच्चेजस्ता भावनामा विभक्त थिए। सबैभन्दा पहिले हामी नेपाली हौं भन्ने भावनाको विकास गराउन लागें। धराने र पोखरेलीबीच पनि मेल थिएन। गुरुङ र राईबीच पनि समस्या आइरहने, त्यसलाई तोड्न म बारम्बार उनीहरूसँग छलफल गर्थें। डिस्कोमा हेपिएको घटनाले सबै नेपाली युवालाई एक गरायो। मेरो एकताको कुराले सबैलाई आकषिर्त गर्यो। जब हङकङ प्रहरीले झगडाका बारेमा सोधपुछ गर्यो, हामीले डिस्कोथेकमा नेपालीहरूप्रति भएको अन्यायको कुरा राम्रोसँग राख्यौं। फेरी पहिले हात उनीहरूले छाडेका थिए, भलै हामीले उनीहरूलाई उकासेका थियौं। उनीहरूको गल्ती देखिएपछि उनीहरू नै हामीसँग सम्झौता गर्न सहमत भए। फलस्वरूप डिस्कोको सुरक्षा नेपालीहरूको काँधमा आयो।
सबैभन्दा ठूलो ग्याङ्वार कुन थियो ? सुनिएअनुसार त्यहाँका चर्चित अखबारले पनि तपाईंको गुन्डागर्दीका समाचार लेखेका थिए।
हङकङमा इङ्लोन भन्ने एउटा अलि अविकसित क्षेत्र छ। उक्त क्षेत्रमा नेपाली चेलीहरू बारम्बार स्थानीय बासिन्दाको हेपाइमा पर्ने, विभिन्न उच्छृङ्खल व्यवहार सहनुपर्ने बाध्यता थियो। हामी त्यो समस्या कसरी समाधान गर्ने भन्ने कुरा सोचिरहेका थियौं। त्यही बेला त्यहाँ दुई चेलीको गहना लुटियो। हामीले सबै नेपालीलाई सुचना जारी गर्यौं र त्यो एरिया नै घेर्यौं। त्यसपछि त्यहाँका एक-एक गुन्डालाई समात्दै कुट्यौं। अन्त्यमा गहना फेला पार्यौं। त्यत्रो विकसित सहरमा एरिया नै घेरेपछि प्रहरी पनि सतर्क भयो र हामीलाई पक्रियो। त्यहाँका सबैभन्दा चलेका साउथ चाइना दैनिक र एप्पल डेलीले करिब १ हजार नेपाली पक्राउ गरेको समाचार छापे। विदेशमा नेपालीको यो एकता त्यो बेला सबैका लागि अचम्मको विषय भएको थियो। हामीमाथि मुद्दा चल्यो तर हाम्रो गल्ती देखिएन र छुट्यौं।
तपाईंमाथि इन्डियन आइडलका एक गायक च्याङलाई अपहरण गरेको मुद्दा पनि लागेको थियो। हङकङमा इन्डियन आइडलका प्रतियोगीलाई कसरी अपहरण गर्नुभयो ?
सयौं युवा जम्मा गरेर एरिया नै घेर्ने जनशक्ति कसरी तयार पार्नुहुन्छ ?
त्यो बेला सबै नेपालीको साझा मञ्चका रूपमा राइजिङ नेपाल सोसल एसोसिएसन नामक संस्था खोलेका थियौं। त्यसले भलिबल टुर्नामेन्ट गर्ने, नेपालबाट कलाकार ल्याएर मनोरञ्जन गराउने, सामूहिक रूपमा पर्वहरू मनाउने काम हुन्थ्यो। अध्यक्ष भएका नाताले म नेपालीहरूबीच एकताको भावना विकसित होस् भनेर निकै खट्थें। मेरो समूहमा मगर, राई, क्षेत्री सबैलाई समावेश गरेको थिएँ। यही एकताको भावनाले जसलाई दुःख परे पनि नेपालीलाई परेको हो भन्ने कुरा सञ्चार भएको हो।
भनिन्छ, तपाईंको खासै काम छैन, तैपनि विश्वकै महँगा-महँगा गाडी फेरी-फेरी चढ्नुहुन्छ रे। हङकङमा पनि गैरकानुनी रूपमा पैसा कमाउन सकिँदो रहेछ ?
बाहिरको हल्लाले नेपालमा गलत कुरा सुनिएको हुन सक्छ। मेरो कतिपय रेस्टुराँ, बार र डिस्कोमा लगानी छ। श्रीमती पनि कमाउँछिन्। त्यहाँ छोराछोरी पढाउन पैसा लाग्दैन। म बडी बिल्डिङको तालिम पनि दिन्छु। यति गर्दा विदेशमा राम्रै गाडी चढ्न पुग्छ। गाडी चढ्ने सौख सानैदेखिको हो। त्यही भएर हङकङ गएँ। मेरो जम्मा एउटै सौख छ, त्यसैले फेरी-फेरी गाडी चढ्छु।
तपाईंलाई अर्बपति व्यापारी चाङ कङले आफ्नो राजनैतिक दलमा किन ल्याए ? तपाईंको छवि राजनीति गर्ने त थिएन।
बाहिर मात्र मेरो गलत छवि देखिएको हो, जसले मलाई राम्रोसँग चिन्छ, उसले मलाई समाजसेवी देख्छ। गलत भए त कानुनले दण्ड दिइहाल्थ्यो नि। अहिले कुनै नेपालीका बारेमा जान्नुपर्यो भने मसँग सोध्ने चलन छ। हाम्राे थर्ड फोर्स पार्टी हङकङमा रहेका अल्पसङ्ख्यक विदेशी नागरिकलाई पनि मूल धारमा ल्याउन चाहन्छ। हङकङमा नेपाल, भारत, पाकिस्तान आदि देशबाट गएका हजारौं नागरिक दोस्रो दर्जाका नागरिकसरह बाँचिरहेका छन्। हामीले उनीहरूको समस्या बाहिर ल्याउने काम गरिरहेका छौं। ती सबैको प्रतिनिधित्व गर्न म सक्षम छु भनेर अध्यक्ष चाङ कङले मलाई जिम्मा दिनुभएको हो।
यति ठूलो जिम्मेवारी दिँदा पनि तपाईंले गएको निर्वाचन जित्न सक्नुभएन हैन ?
धाँधलीको रूप फरक छ, तर त्यहाँ पनि धाँधली हुन्छ। राजनीतिमा यस्तो हुनु स्वाभाविक नै हो। सबैभन्दा ठूलो कुरा उक्त निर्वाचनमा जम्मा २ हजार ८ सय नेपालीले भोट हालेका थिए, मैले ८ हजारभन्दा बढी मत पाएँ। एउटा नेपालीले त्यति धेरै मत पाउनु ठूलो कुरा हो। सबैभन्दा रमाइलो कुरा त्यहाँ पनि ठूलो मात्रामा भोट रद्द हुँदो रहेछ। जति मत रद्द भए, तीमध्ये ९० प्रतिशत मैले पाएको मत थियो।
निर्वाचन हारेपछि पार्टीमा तपाईंको अवस्था के छ? तपाईंले उठाउने मुख्य मुद्दा के हो ?
मैले मात्र होइन, निर्वाचनमा मेरो दलले नै पराजय भोग्यो। निर्वाचनपछि आफ्नो क्षमता विस्तार गर्न पार्टीले मलाई अल्पसंख्यकहरूको समस्या हेर्ने जिम्मा दिएको छ। विशेष गरी पाकिस्तानी मूलका मुस्लिम र नेपाली समुदायबीच बेला-बेलामा हुने झडप रोक्ने जिम्मा त्यहाँको प्रशासनले मलाई नै दिएको छ। धेरै नेपालीले त्यहाँ भोट दिने अवसर पाए पनि भोट हाल्दैनन्। यसले हङकङ सरकार नेपालीहरूप्रति उति विश्वस्त छैन। नेपालीहरू कमाएर नेपाल नै र्फकने हुन् भन्ने सोच्छ। मैले नेपालीलाई बढीभन्दा बढी भोट हाल्न लगाउने, नेपाली बालबालिकाहरूका लागि नेपाली भाषाको कक्षा पनि अनिवार्य राख्नुपर्ने, नेपालीलाई सरकारी जागिरमा समावेश गर्नुपर्ने आदि मुद्दा उठाइरहेको छु।
हङकङमा तपाईंले नाम दाम दुवै कमाउनुभएको छ, यसबाट नेपालले फाइदा पाउनुपर्छ कि पर्दैन ?
एउटा नेपालीले नेपालका लागि नगरे कसले गर्छ ? म हङकङको एनआरएनको पनि प्रतिनिधित्व गर्छु। नेपाल सरकारले दोहोरो नागरिकताको व्यवस्था गर्नुपर्छ भन्ने हाम्रो माग छ। हामी विदेशमा छौं तर विदेशी हुन चाहँदैनौं। त्यहाँबाट पनि हामीले नेपालको निर्वाचनमा भोट हाल्न पाउनुपर्छ। विदेशमा बस्नेबित्तिकै हाम्रा सन्तान विदेशी हुनुहुँदैन। अहिले हाम्रो आम्दानीले नै देश चलिरहेको छ। हाम्रो कारणले देशलाई घाटा छैन, बरु धेरै किसिमले फाइदा छ।
विदेशमा नेपालीलाई राजनीति गर्न सहज छैन। बेलायत र अमेरिकाजस्ता देशका स्थानीय निकायमा केही नेपालीले उम्मेदवारी दिए पनि उनीहरू त्यति जम्न सकेका छैनन्। अहिले हङकङमा यस्तै एक युवा राजनीतिमा सक्रिय छन्। ३५ वर्षको उमेरमा हङकङको थर्ड फोर्स दलबाट विधानसभामा उम्मेदवारी दिएका चेतन गुरुङ निर्वाचनमा पराजित भए पनि उनको राजनैतिक कद भने बढेको बढयै छ। हङकङमा नेपाली डनका रूपमा परिचित चेतन गुरुङको डनगीरीदेखि राजनीतिसम्मको यात्रा रोचक छ। हङकङ जानुअघि पोखरामा हुने ग्याङ्वारका नाइके चेतन हङकङमा पनि यहि ग्याङ्वारबाटै माथि उठेका हुन्। हङकङमा पटक-पटक भिडन्त, कुटपिट र अपहरणका मुद्दा लागे पनि कुनै पनि अपराधमा उनी प्रमाणित हुन सकेनन् र अन्त्यमा उनको क्षमतामा विश्वास गरेर थर्डफोर्स दलले उनलाई पार्टीको केन्द्रीय सदस्य पद दिएको छ।
पोखरामा तपाईं ग्याङ्वारको नाइके हुनुहुन्थ्यो भनिन्छ। सानै उमेरमा यस्तो पद कसरी पाइँदो रहेछ ?
म कराँते, बक्सिङजस्ता खेलमा सानैदेखि रुचि राख्थें। त्यो बेला उमेर नै कस्तो थियो भने आफ्नो क्षमता देखाइहालौं, अरूको अघि हिरो बनौं भन्ने लाग्दो रहेछ। अरूभन्दा फरक देखिने चाहनाले म टोलको लडाइँमा अघि हुन्थें। जाँड-रक्सी खाएपछि आफूभन्दा पाका केटाहरूलाई पिट्ने हिम्मत आउँथ्यो। यसरी पिट्न थालेपछि मलाई ग्याङ्को नाइके बनाइयो।
हङकङ पुगेपछि पनि यस्तो प्रवृत्ति छाड्नुभएन। कसरी पुग्नुभो हङकङ ?
मेरो जुन युवतीसँग प्रेम थियो, उनीसँग हङकङको आइडी थियो। उनकै पछि लागेर पुगियो। आफ्नो प्रेम छुट्ला भनेर म हङकङ गएको हुँ।
विदेशमा नेपालमा जस्तो गुन्डागर्दी गर्दा डर लागेन ? किनभने हङकङ विश्वकै राम्रो कानुनी राज्य हो, होइन र ?
नेपालमा जोसमा गलत काम पनि गरियो होला। हङकङमा भने कहिल्यै जोसमा मात्र काम गरिएन। सधैं दिमाग लगाएर काम गरें। जहाँ अन्याय भएको छ, त्यहाँ एक्सन लिँदा पनि कानुनले गलत भन्न सक्दैन, त्यसैले हामीले एक्सन लियौं।
पहिलो ग्याङ वार कुन थियो, त्यो एक्सन कसरी गर्नुभयो ?
हङकङमा पुसिगेट नामको एरिया छ। उक्त ठाउँ डिस्को थेकका लागि प्रख्यात छ। त्यहाँका डिस्कोहरूमा नेपालीहरूलाई पस्न दिइँदैनथ्यो। पस्न दिए पनि खुलेर मनोरञ्जन गर्न नपाउने, चिनियाँहरूले हेप्ने चलन रहेछ। विश्व हल्लाएका गोर्खाका सन्तानहरू यसरी हेपिएको देख्दा सबैको मन कुँडिँदो रहेछ। विदेश भनेर केही गर्न नसक्ने रहेछन्। जब मैले त्यस्तै अपमान महसुस गरें, अनि साथीहरूलाई एकजुट बनाएर चढाइ गरें। हाम्रो ६० देखि १ सय जनाको ग्रुप थियो। त्यहाँका बाउन्सरहरूलाई कुटेर धूलो पारेपछि सबै डिस्को थेक अस्तव्यस्त भए। अन्त्यमा डिस्कोका मालिकहरू ती डिस्को थेकको सुरक्षा हामीलाई सुम्पिन राजी भए। हाम्रो पहिलो सफलता त्यही थियो।
त्यो बेला तपाईंको उमेर सानै थियो। तपाईंलाई यति धेरै नेपालीले कसरी विश्वास गरे ? कानुनको फन्दामा किन पर्नुभएन ?
म २० वर्षकै उमेरमै हङकङ पुगेको थिएँ। म त्यहाँ पुगेको एक वर्ष पुग्न लागेको थियो। त्यहाँका नेपाली पुर्वेली, पश्चिमेली, थेप्चे, चुच्चेजस्ता भावनामा विभक्त थिए। सबैभन्दा पहिले हामी नेपाली हौं भन्ने भावनाको विकास गराउन लागें। धराने र पोखरेलीबीच पनि मेल थिएन। गुरुङ र राईबीच पनि समस्या आइरहने, त्यसलाई तोड्न म बारम्बार उनीहरूसँग छलफल गर्थें। डिस्कोमा हेपिएको घटनाले सबै नेपाली युवालाई एक गरायो। मेरो एकताको कुराले सबैलाई आकषिर्त गर्यो। जब हङकङ प्रहरीले झगडाका बारेमा सोधपुछ गर्यो, हामीले डिस्कोथेकमा नेपालीहरूप्रति भएको अन्यायको कुरा राम्रोसँग राख्यौं। फेरी पहिले हात उनीहरूले छाडेका थिए, भलै हामीले उनीहरूलाई उकासेका थियौं। उनीहरूको गल्ती देखिएपछि उनीहरू नै हामीसँग सम्झौता गर्न सहमत भए। फलस्वरूप डिस्कोको सुरक्षा नेपालीहरूको काँधमा आयो।
सबैभन्दा ठूलो ग्याङ्वार कुन थियो ? सुनिएअनुसार त्यहाँका चर्चित अखबारले पनि तपाईंको गुन्डागर्दीका समाचार लेखेका थिए।
हङकङमा इङ्लोन भन्ने एउटा अलि अविकसित क्षेत्र छ। उक्त क्षेत्रमा नेपाली चेलीहरू बारम्बार स्थानीय बासिन्दाको हेपाइमा पर्ने, विभिन्न उच्छृङ्खल व्यवहार सहनुपर्ने बाध्यता थियो। हामी त्यो समस्या कसरी समाधान गर्ने भन्ने कुरा सोचिरहेका थियौं। त्यही बेला त्यहाँ दुई चेलीको गहना लुटियो। हामीले सबै नेपालीलाई सुचना जारी गर्यौं र त्यो एरिया नै घेर्यौं। त्यसपछि त्यहाँका एक-एक गुन्डालाई समात्दै कुट्यौं। अन्त्यमा गहना फेला पार्यौं। त्यत्रो विकसित सहरमा एरिया नै घेरेपछि प्रहरी पनि सतर्क भयो र हामीलाई पक्रियो। त्यहाँका सबैभन्दा चलेका साउथ चाइना दैनिक र एप्पल डेलीले करिब १ हजार नेपाली पक्राउ गरेको समाचार छापे। विदेशमा नेपालीको यो एकता त्यो बेला सबैका लागि अचम्मको विषय भएको थियो। हामीमाथि मुद्दा चल्यो तर हाम्रो गल्ती देखिएन र छुट्यौं।
तपाईंमाथि इन्डियन आइडलका एक गायक च्याङलाई अपहरण गरेको मुद्दा पनि लागेको थियो। हङकङमा इन्डियन आइडलका प्रतियोगीलाई कसरी अपहरण गर्नुभयो ?
सयौं युवा जम्मा गरेर एरिया नै घेर्ने जनशक्ति कसरी तयार पार्नुहुन्छ ?
त्यो बेला सबै नेपालीको साझा मञ्चका रूपमा राइजिङ नेपाल सोसल एसोसिएसन नामक संस्था खोलेका थियौं। त्यसले भलिबल टुर्नामेन्ट गर्ने, नेपालबाट कलाकार ल्याएर मनोरञ्जन गराउने, सामूहिक रूपमा पर्वहरू मनाउने काम हुन्थ्यो। अध्यक्ष भएका नाताले म नेपालीहरूबीच एकताको भावना विकसित होस् भनेर निकै खट्थें। मेरो समूहमा मगर, राई, क्षेत्री सबैलाई समावेश गरेको थिएँ। यही एकताको भावनाले जसलाई दुःख परे पनि नेपालीलाई परेको हो भन्ने कुरा सञ्चार भएको हो।
भनिन्छ, तपाईंको खासै काम छैन, तैपनि विश्वकै महँगा-महँगा गाडी फेरी-फेरी चढ्नुहुन्छ रे। हङकङमा पनि गैरकानुनी रूपमा पैसा कमाउन सकिँदो रहेछ ?
बाहिरको हल्लाले नेपालमा गलत कुरा सुनिएको हुन सक्छ। मेरो कतिपय रेस्टुराँ, बार र डिस्कोमा लगानी छ। श्रीमती पनि कमाउँछिन्। त्यहाँ छोराछोरी पढाउन पैसा लाग्दैन। म बडी बिल्डिङको तालिम पनि दिन्छु। यति गर्दा विदेशमा राम्रै गाडी चढ्न पुग्छ। गाडी चढ्ने सौख सानैदेखिको हो। त्यही भएर हङकङ गएँ। मेरो जम्मा एउटै सौख छ, त्यसैले फेरी-फेरी गाडी चढ्छु।
तपाईंलाई अर्बपति व्यापारी चाङ कङले आफ्नो राजनैतिक दलमा किन ल्याए ? तपाईंको छवि राजनीति गर्ने त थिएन।
बाहिर मात्र मेरो गलत छवि देखिएको हो, जसले मलाई राम्रोसँग चिन्छ, उसले मलाई समाजसेवी देख्छ। गलत भए त कानुनले दण्ड दिइहाल्थ्यो नि। अहिले कुनै नेपालीका बारेमा जान्नुपर्यो भने मसँग सोध्ने चलन छ। हाम्राे थर्ड फोर्स पार्टी हङकङमा रहेका अल्पसङ्ख्यक विदेशी नागरिकलाई पनि मूल धारमा ल्याउन चाहन्छ। हङकङमा नेपाल, भारत, पाकिस्तान आदि देशबाट गएका हजारौं नागरिक दोस्रो दर्जाका नागरिकसरह बाँचिरहेका छन्। हामीले उनीहरूको समस्या बाहिर ल्याउने काम गरिरहेका छौं। ती सबैको प्रतिनिधित्व गर्न म सक्षम छु भनेर अध्यक्ष चाङ कङले मलाई जिम्मा दिनुभएको हो।
यति ठूलो जिम्मेवारी दिँदा पनि तपाईंले गएको निर्वाचन जित्न सक्नुभएन हैन ?
धाँधलीको रूप फरक छ, तर त्यहाँ पनि धाँधली हुन्छ। राजनीतिमा यस्तो हुनु स्वाभाविक नै हो। सबैभन्दा ठूलो कुरा उक्त निर्वाचनमा जम्मा २ हजार ८ सय नेपालीले भोट हालेका थिए, मैले ८ हजारभन्दा बढी मत पाएँ। एउटा नेपालीले त्यति धेरै मत पाउनु ठूलो कुरा हो। सबैभन्दा रमाइलो कुरा त्यहाँ पनि ठूलो मात्रामा भोट रद्द हुँदो रहेछ। जति मत रद्द भए, तीमध्ये ९० प्रतिशत मैले पाएको मत थियो।
निर्वाचन हारेपछि पार्टीमा तपाईंको अवस्था के छ? तपाईंले उठाउने मुख्य मुद्दा के हो ?
मैले मात्र होइन, निर्वाचनमा मेरो दलले नै पराजय भोग्यो। निर्वाचनपछि आफ्नो क्षमता विस्तार गर्न पार्टीले मलाई अल्पसंख्यकहरूको समस्या हेर्ने जिम्मा दिएको छ। विशेष गरी पाकिस्तानी मूलका मुस्लिम र नेपाली समुदायबीच बेला-बेलामा हुने झडप रोक्ने जिम्मा त्यहाँको प्रशासनले मलाई नै दिएको छ। धेरै नेपालीले त्यहाँ भोट दिने अवसर पाए पनि भोट हाल्दैनन्। यसले हङकङ सरकार नेपालीहरूप्रति उति विश्वस्त छैन। नेपालीहरू कमाएर नेपाल नै र्फकने हुन् भन्ने सोच्छ। मैले नेपालीलाई बढीभन्दा बढी भोट हाल्न लगाउने, नेपाली बालबालिकाहरूका लागि नेपाली भाषाको कक्षा पनि अनिवार्य राख्नुपर्ने, नेपालीलाई सरकारी जागिरमा समावेश गर्नुपर्ने आदि मुद्दा उठाइरहेको छु।
हङकङमा तपाईंले नाम दाम दुवै कमाउनुभएको छ, यसबाट नेपालले फाइदा पाउनुपर्छ कि पर्दैन ?
एउटा नेपालीले नेपालका लागि नगरे कसले गर्छ ? म हङकङको एनआरएनको पनि प्रतिनिधित्व गर्छु। नेपाल सरकारले दोहोरो नागरिकताको व्यवस्था गर्नुपर्छ भन्ने हाम्रो माग छ। हामी विदेशमा छौं तर विदेशी हुन चाहँदैनौं। त्यहाँबाट पनि हामीले नेपालको निर्वाचनमा भोट हाल्न पाउनुपर्छ। विदेशमा बस्नेबित्तिकै हाम्रा सन्तान विदेशी हुनुहुँदैन। अहिले हाम्रो आम्दानीले नै देश चलिरहेको छ। हाम्रो कारणले देशलाई घाटा छैन, बरु धेरै किसिमले फाइदा छ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.