भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
एक नयाँ अध्ययनले ठूलो आकारका अण्डकोष हुने मानिसमा मुटु सम्बन्धि रोगको जोखिम उच्च हुने र त्यस्ता मानिस मद्यमानको लतमा फस्ने खतरा पनि धेरै हुने तथ्य पत्ता लागेको छ । इटालीको युनिभर्सिटी अफ फ्लोरेन्सका शोधकर्ताहरुका अनुसार ठूलो आकारका अण्डकोष भएका पुरुषहरुमा उच्च रक्तचापको समस्या पनि सामान्य आकारको अण्डकोष हुनेमा भन्दा बढि हुन्छ ।
शोधकर्ताहरुका अनुसार अण्डकोषको आकार ठूलो हुनु भनेको स्वास्थ्य कमजोर भएको सूचक हो । कुनैपनि पुरुषलाई मुटु रोगको खतरा कति छ भन्ने कुराको मोटामोटी पहिचान उसका अण्डकोषको आकारलाई हेरेर समेत गर्न सकिने ठम्याइ उनीहरुको छ ।
शोध टोलीका प्रमुख गिउलिया रास्टेरेलीका अनुसार अण्डकोषको आकारले प्रजनन क्षमतामा अर्थ राख्ने यसअघिको मान्यता भएपनि पछिल्लो अध्ययनले अण्डकोषको आकार पुरुषको समग्र स्वास्थ्य अवस्था तथा मुटु तथा रगत सम्बन्धि रोगको खतराको पूर्वानुमानमा समेत सहयोगी हुन्छ ।
शोधका क्रममा २,८०९ जना पुरषमा अध्ययन गरिएको थियो । त्यसक्रममा अण्डकोषको आकार र हर्मोनको लेभल तथा मुटुसम्बन्धि रोगको समस्याका विषयमा लगातार ७ वर्षम्म अध्ययन गरियो । ठूलो आकारका अण्डकोष हुने पुरषमा ल्युटिनाइजिङ हर्मोनको मात्रा बढि हुने र यसले मुटुलाई असर पूराउने सोधकर्ताहरु बताउँछन् ।
ठूला अण्डकोष हुने पुरुष जँड्याहा र रोगी
Written By sangalo on Thursday, August 1, 2013
भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्
Labels:
health,
यौन/स्वास्थ्य
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.