भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
केरा सबैलाई मन पर्ने र निकै पौष्टिक फल हो । केराको नियमित भोजनले सरीरमा आवश्यक पर्ने विभिन्न खाले पौष्टिक तत्वको आपर्ूर्ति गर्नुका साथै विभिन्न खाले रोगबाट बचाउन समेत मद्दत गर्छ ।
केरामा प्रसस्तै क्याल्सियम पाइन्छ । जो हड्डी तथा दाँतको स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ । केराको सेवनले पाचन शक्ति बढ्नुका साथै ग्यास्टि्रकजन्य समस्या समेत कम हुन्छ । केरामा घुलनशील फाइबर पेक्टिन समेत हुने भएकाले यसले पाचन क्रियामा सहयोग पूराउँछ ।
केरामा पोटासियम लवण पनि पर्याप्त मात्रामा पाइन्छ । यसले उच्च रक्तचाप, हृदयाघात तथा हाइपरटेन्सनको समस्यालाई कम गर्न सहयोग गर्छ ।
वजन कम भएर चिन्तामा पर्नुभएका छ ? यदि त्यसो हो भने दैनिक दुइवटा कोसा केरा एक कप दुधमा मिलाएर खानुहोस् । यसले शरीरलाई चाहिने उर्जा प्रदान गर्छ । केरामा आइरन तत्व पनि हुने भएकाले रक्तअल्पताको जोखिम कम गर्छ । अल्सरबाट पीडित रोगीहरुका लागि समेत केराको सेवन फाइदाजनक हुन्छ । केरामा म्याग्नेसियम, भिटामिन ए, बी, सी तथा सोडियम लगायतका पौष्टिक तत्व पनि पाइने भएकाले यसको सेवन निकै महत्वपुर्ण् हुन्छ ।
केरा पाचन क्रियालाई सन्तुलित राख्न निकै लाभदायी हुन्छ । यात्राको क्रममा धेरै मानिसलाई कब्जियतको समस्या हुन्छ । त्यसकारण यात्राको क्रममा पनि केराको सेवन निकै फाइदाजनक हुन्छ र कब्जियतको समस्या हट्छ ।
एक अध्ययनका अनुसार जो मानिस ड्रि्रेसनबाट पीडित छन् उनीहरुलाई केराको सेवन निकै लाभदायक हुन्छ । केरामा ट्रायफोटोन तत्व पाइन्छ जसले दिमागलाई रिल्याक्स बनाइदिन्छ ।
खेलाडिहरुले तथा अन्न नखाने उपबासको बेला केराको सेवन निकै फाइदाजनक हुन्छ । किनकी केराबाट तुरुन्तैै उर्जा प्राप्त हुन्छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.