भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
परस्पुर (बाँके), श्रावण १२ - दाइजो नल्याएको निहुँमा ६ वर्षअघि हास्रुन इदि्रसीमाथि आगो लगाइयो । घाँटी, छाती र हातमा अझै जलेका दाग छन् । बाँके जिल्ला अदालतले पति बसिम इदि्रसी र सासू रुक्सनालाई दोषी ठहर गरी क्रमशः सात र पाँच वर्ष जेल सजायको फैसला गर्यो । तर, जेलमा राम्रो व्यवहार देखाएको भन्दै बसिमको आधा कैद मिनाह भयो र साढे तीन वर्षमै छुटे । बसिम हास्रुन र छोराछोरीलाई लिन ससुराली गए र गल्ती स्वीकारे । अहिले सँगै बस्दै आएका छन् । 'सजाय पाइसकेपछि पनि उनी मलाई लिन आए' २५ वषर्ीया हास्रुनले भनिन्, 'मैले पनि नकार्न सकिनँ, हाँसीखुसी सँगै बसेका छौं ।' मुद्दाका मामिला परेपछि धेरैको घरबार भताभुंग हुन्छ । तर, बसिमले विगतप्रति पश्चाताप गरेर हास्रुन र छोराछोरी सम्हाले । अब पुरानो कुरा ननिकाल्ने उनीहरूले समझदारी गरेका छन् । अदालतले ०६५ माघ ६ मा मुद्दामा सुनुवाइ गर्दै जेल सजाय तोकेको थियो । सासू र पति जेल गएपछि हास्रुन छोराछोरी लिएर परस्पुरस्थित माइतीघ बस्न थालिन् । सिलाइ- कटाइ सिकिन् । हिंसाको सिकार भएकीले सुरुमा चारैतिरबाट सहयोग पाइन् । घाँटीको प्लास्टर सर्जरी गराइन् । चिकित्सकले अझै अप्रेसन गर्नुपर्ने बताए पनि आर्थिक अभावले गरेकी छैनन् । विस्तारै सबैले बेवास्ता गर्न थाले । छोराछोरी हुर्काउन र पढाउन मुस्किल हुन थाल्यो । त्यस्तैमा जेलबाट छुटेका बसिमले रिसइबी साँध्नुको सट्टा पश्चाताप गरेर पत्नी र छोराछोरी खोज्दै ससुराली पुगेपछि हास्रुनको मन पनि पग्लियो । कैद सजाय काटेर आएपछि पनि समाजले आफूलाई अपराधीकै व्यवहार गरिरहँदा दुःख लाग्ने बसिमले बताए ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.