Widgets

Home » » चुनाव भाँड्नेलाई गाउँबाट लखेट्न वाइसीएललाई प्रचण्डको निर्देशन

चुनाव भाँड्नेलाई गाउँबाट लखेट्न वाइसीएललाई प्रचण्डको निर्देशन

Written By sangalo on Saturday, July 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१२ साउन, काभ्रे । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव भाँड्न खोज्नेलाई गाउँबाट लखेट्न वाईसीएललाई निर्देशन दिनुभएको छ ।
Prachandaवैद्य माओवादीतर्फ इङ्गति गर्दै प्रचण्डले चुनाव भाँड्न केही स्याल गाउँ पसेको भन्दै सिंह बनेर लखेट्न निर्देशन दिनुभएको हो । शनिबार बनेपामा वाईसीएल तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो-’केही स्यालहरु चुनाव भाँड्न गाउँ पसेका छन्, उनीहरुमाथि आक्रमण गर्नुस् ।’१० बर्षे जनयुद्धको मर्म संविधानसभाको चुनाव भएको भन्दै उहाँले मतपेटिका फुटाएर बैद्य माओवादीले सहिदको सपनामा बञ्चरो हानेको आरोप लगाउनुभयो ।
राजा महाराजाहरु चुनाव हुन नदिने षड्यन्त्रमा लागेको भन्दै उहाँले बैद्य माओवादीले उनीहरुसँग घाँटी जोड्नु बुझिनसक्नु भएको बताउनुभयो । वैद्यलाई चुनावमा ल्याउन अधिकतम प्रयास गर्ने बताउँदै उहाँले सहमतिमा नआए “भीरमा जाने गोरुलाई रामराम भन्न सकिने, तर काँध थाप्न नसकिने” भनी व्यंग्यसमेत गर्नुभएको थियो । माओवादीलाई दुइपटक औपचारिक पत्रसमेत काटिसकेको जानकारी दिँदै दाहालले सबै दलहरुको सहभागितामा गोलमेच सम्मेलन गराउनसमेत आफु तयार रहेको बताउनुभयो ।
प्रचण्डले मंसिरमा संविधानसभाको निर्वाचन भए अघिल्लो संविधानसभामा भएका सहमतिको स्वामित्व लिँदै ५ महिनाभित्र संविधानको मस्यौदा तयार गर्ने र एक बर्षमा संविधान बनाउने बताउनुभएको छ । अघिल्लो संविधानसभामा अन्तिम समयसम्म सहमतिको प्रयास गर्नु गलत भएको भन्दै उहाँले अब सहमति नभए संसदीय प्रकृयामा लगेर भए पनि पारित गर्ने बताउनुभयो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger