भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
टेलिभिजन स्टार श्वेता तिवारी जुलाई १३ तारिखमा विवाहबन्धनमा बाँधिने भएकी छिन्। कलर्स टेलिभिजन च्यानलको 'झलक दिखलाजा' सहउद्घोषकबाट बाहिरिए पनि प्रशंसकमाझ लोकप्रिय श्वेताले टेलिभिजनको होइन जीवनको नयाँ भाग सुरु गर्न लागेकी हुन्। श्वेता आफ्ना पुरुष मित्र अभिनव कोहलीसंग विवाह गर्न लागेकी हुन्। श्वेताले आफ्नो विवाह घोषणा टेलिभिजन शो 'झलक दिखलाजा' गरेकी थिइन्। पारिवारिक रुप दिएको कार्यक्रममा आफ्नो पहिलो विवाहबाट जन्मिएकी १३ वर्षीया छोरी पलक र अभिनवलाई मञ्चमा नै उतारेर आफ्नो विवाहको बारेमा बताएकी हुन्। कार्यक्रममा आफ्नो हजुरबुबाको स्वास्थ्य ठीक नभएकोले विवाहको मिती तय नभएको बताएकी थिइन्। श्वेताका निकट व्यक्तिका अनुसार उनको विवाह आज हुने पक्का भएको छ। श्वेताले आफ्नो विवाह छोरी पलकको अनुमतिमा हुन लागेको बताएकी थिइन्। अभिनवले श्वेताले आफूलाई जीवनको सबैभन्दा महत्त्वपूर्ण उपहार विवाहभन्दा पहिले नै दिएको बताएका छन्। उनले भनेका छन, 'श्वेताले मलाई दिएको सबैभन्दा महत्त्वपूर्ण उपहार छोरी पलक हुन्। उनी मेरो लागि ज्यानभन्दा प्यारी छन्।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.