Widgets

Home » » बजेटबारे अर्थ नै अन्योलमा

बजेटबारे अर्थ नै अन्योलमा

Written By sangalo on Tuesday, July 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

१९ असार, काठमाण्डौं । पूर्ण आकारको बजेट ल्याउने अन्तिम गृहकार्यमा रहेको सरकार प्रमुख राजनीतिक दलले स्पष्ट खाका नदिएपछि अन्योलमा परेको छ । कस्तो बजेट ल्याउने भन्ने विषयमा अर्थ मन्त्रालयका अधिकारी झनै अन्योलमा परेका छन् ।
budgetउच्चस्तरीय राजनीतिक संयन्त्रले कस्तो बजेट प्रस्तुत गर्ने भन्ने विषयमा सरकारलाई केही सुझाव दिएको छैन् । सोही कारण बजेट निर्माणमै अन्योल छाएको छ ।
अर्थमन्त्रालयका बरिष्ठ आर्थिक सल्लाहकार डा. चिरन्जीवी नेपालले प्रमुख दलहरुबाटा केही सुझाव नआएकाले बजेट निर्माण प्रक्रिया नै अन्योलमा परेको बताए ।
‘दलहरुले प्रस्ट केही नभनेपछि कस्तो बजेट ल्याउने र कुन आकारको हुने भन्नेमै अन्योलता देखिएको छ,’ नेपालले भने । एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, एमाले र मधेसवादी दलले स्पष्ट संकेत नदिएपछि अर्थ मन्त्रालय अन्योलमा परेको उनको भनाई रहेको राजधानी दैनिकमा खबर छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger