Widgets

Home » , » राजनीति थालेका हमाललाई जनताले दिए टुडिखेलमा साथ(भिडियो)

राजनीति थालेका हमाललाई जनताले दिए टुडिखेलमा साथ(भिडियो)

Written By sangalo on Tuesday, July 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
उसो त बेला बेलामा नायक राजेश हमाल आफू राजनीतिमा आउन चाहेको बताउन पछि पर्दैनन् । तर पनि हमालले अहिले सम्म आफ्नो स्पष्ट धारणा भने सार्वजनिक गरेका छैनन् । तर वास्तविक जीवनमा राजनीतिबाट टाढै रहेका नायक राजेश हमाल पर्दामा भने जनताको अघि भाषण गर्दै गरेको अवस्थामा देखिनेछन् ।बसन्त निरौलाको निर्देशनमा तयार भएको चलचित्र ‘राजनीति’मा नायक राजेश हमाल टुडिखेलमा जम्मा भएका हजारौ जनताको अघि भाषण गरिरहेको अवस्थामा देखिनेछन् । यति मात्र होइन उनी विरगञ्जमा पनि जनताको साथ लिएर आन्दोलनमा होमिएको अवस्थामा देखिनेछन् ।
दिपक सुवेदी र हरि पन्तको निर्माणमा तयार भएको यो चलचित्रमा हमालको राजनीतिक यात्रालाई गायिकाबाट नायिका बनेकी कोमल वलीले साथ दिएकी छिन् । चलचित्रमा दिपक सुवेदी र पवित्रा आचार्यको पनि अभिनय छ । नेपालको राजनीतिक अवस्थालाई सुक्ष्म रुपमा चित्रण गरिएको यो चलचित्र भदौ २८ गतेबाट प्रदर्शनमा आउँदैछ ।
यसैबिच चलचित्रको निर्माणपक्षले चलचित्रको फष्ट प्रोमो सार्वजनिक गरेको छ । चलचित्रमा दर्शकहरुको सहभागिता समेत उल्लेख्य मात्रामा रहेको देखिन्छ । नेपाली सिनेमामा कथाले मागे अनुसार मानिस जम्मा गर्न नसकेको आरोप लागिरहेको समयमा ‘राजनीति’ले भने जनता सहभागी गराउन कुनै कसर बाँकी राखेको छैन ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger