Widgets

Home » » सूर्यको उत्तरी भागमा ठूलो भ्वाङ

सूर्यको उत्तरी भागमा ठूलो भ्वाङ

Written By sangalo on Tuesday, July 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
खगोलविद्हरुले सूर्यको उत्तरी भागमा विशाल भ्वाङ रहेको तथ्य पत्ता लगाएका छन् । अत्याधुनिक स्पेस टेलिस्कोपद्वारा खिचिएको सूर्यको उच्च रिजोलुसनयुक्त तस्वीरमा सूर्यको उत्तरी ध्रुवमा विशाल भ्वाङ रहेको देखिएको हो ।
solar
यस्तो कालो तथा अँध्यारो भ्वाङले सूर्यको झण्डै एक चौथाइ भाग ओगटेको छ । जुन सूर्यको सबैभन्दा बाहिरी सतहको कम घनत्वयुक्त कालो क्षेत्रको रुपमा रहेको छ ।
युरोपेली स्पेस एजेन्सी र अमेरिकी अन्तरीक्ष संस्था नासाको सौर्य अवलोकन यानबाट गएको १३ देखि १८ जुलाइको बीचमा खिचिएका तस्वीरबाट सूर्यको उत्तरी क्षेत्रमा कालो भ्वाङ रहेको देखिएको हो । यो भ्वाङभएको क्षेत्रबाट लगातार उच्च गतियुक्त सौर्य हुरी तथा अन्य पदार्थहरु अन्तरीक्षमा आइरहेको पाइएको छ । यसरी सूर्यबाट हुत्तिने ती पदार्थहरुको गति ५ सय माइल प्रति सेकेण्ड रहेको छ ।
उक्त क्षेत्रमा प्रकाश उत्पादन हुने अन्य कुनै सौर्य गतिविधि नभएका, सूर्यको अन्य भागमा भन्दा तापक्रम कम रहेको तथा अँध्यारो रहेको खगोलविद्हरुको भनाइ छ । सूर्यमा यस्ता खालका काला भ्वाङहरु देखिने कुरा नौलो नभएपनि पछिल्लोपटक देखिएको भ्वाङ निकै ठूलो रहेको खगोलविद्हरुको भनाइ छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger