Widgets

Home » » पाशविक यातना दिने ६ पक्राउ कारबाही माग्दै प्रदर्शन

पाशविक यातना दिने ६ पक्राउ कारबाही माग्दै प्रदर्शन

Written By sangalo on Wednesday, July 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

बेलबारीस्थित ईलाका प्रहरी कार्यालय अगाडि बुधबार प्रदर्शनमा उत्रेका दलित संस्थाका प्रतिनिधिहरु ।

बेलबारी (मोरङ), श्रावण १० - कानुनको पर्वाह नगरी गाउँलेहरू मिलेर एक दलित महिलालाई पाशविक यातना दिनेहरूमध्ये ६ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । अभियुक्तहरूमध्ये जीवन भेटवाल, अमित भेटवाल, सविता भेटवाल, चन्द्रकला भेटवाल, अम्बिका भेटवाल र कमला भेटवाललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक दिलीपकुमार गिरीले बताए । घटनामा संलग्न रहेको भनिएका कवीन्द्र प्रसाइर्ं फरार छन् । 'श्रीमतीको उपचारका लागि काठमाडौं गएको भन्ने जानकारी आएको छ । हामीले चाहेका बेला पक्रन सक्छौं,' गिरीले भने, 'अमानवीय घटना भएको हो । कारबाही चलाउन प्रहरी कटिबद्ध छ ।' अभियुक्तहरूसहितका गाउँलेले बेलबारी-३ करमडाँडाकी दलित महिला र एक दलित अगुवालाई सोमबार कालोमोसो दलेर कुटपिट गर्दै जुत्ताको माला लगाएका थिए । अभियुक्तहरूलाई बेलबारी प्रहरीले बुधबार सार्वजनिक अपराध ऐनअन्तर्गतको मुद्दामा कारबाही चलाउन म्याद थप गरेको छ । यसैबीच विभिन्न पार्टीका दलित संघ/संगठनले दोषीमाथि कारबाहीको माग गर्दै बेलबारीमा प्रदर्शन गरेका छन् । र्‍यालीसहित प्रदर्शन गरेका उनीहरूले इलाका प्रहरी कार्यालय अगाडि कोणसभा पनि गरे । राष्ट्रिय मानव अधिकार आयोग र जिल्लास्तरीय मानव अधिकार सञ्जालसँगै दलितका क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरूले प्रहरी, पीडित र घटनाका आरोपी पक्षलाई छुट्टाछुट्टै भेटी जानकारी लिएका छन् । यसरी भयो घटना बेलबारी बजारस्थित रिजेश होटलमा काम गर्ने पीडित युवती आठ महिनादेखि हरेक बिहान ६ बजे आउँथिन् र साँझ घर फिर्थिन् । उनका ८ र १२ वर्षका छोराछोरी छन् । श्रीमान वैदेशिक रोजगारीका लागि मलेसिया गएका छन् । होटल सञ्चालक माधव ढकाल भन्छन्, 'उनको बानीमा खोट छैन । जे भयो अमानवीय घटना भएको हो ।' गत आइतबार साँझ सधैंझैं उनी काम गरेर सिसौली खोला तरेर घर पुग्ने छोटो बाटोबाट गइन् । साँझको समयमा उनलाई अज्ञात व्यक्तिले मुख थुनेर बलात्कार गर्न खोज्यो । उनले हारगुहार लगाइन् । हिलोमा पछारिइनि् । त्यो मान्छे भाग्यो । छिमेकीहरू आएर लाइट लिएर हेर्न गए कोही भेटिएन । घटनाको हल्लीखल्ली भयो । उनले छिमेकी भाइ मनोज विश्वकर्मालाई घटना सुनाएपछि प्रहरीमा जाने निधो भयो । उनीहरू पुगे । पीडित भन्छिन्, 'मलाई त्यो जीवन भेटवाल जस्तो लाग्यो । प्रतिकार गर्दा मैले उसको हात टोकेकी थिए । रगतपच्छे भएको थियो । लुगामा रगत लागेको थियो ।' प्रहरीले सोही रात जीवनलाई सोधपुछका लागि इप्रका ल्यायो । उनको हात र शरीरका कुनै पनि भागमा चोट नभेटेपछि गाउँ/समाज पनि भेला भयो । सोही समय दुवै पक्षबीच मौखिक मिलापत्र भयो । प्रहरी निरीक्षक गिरी भन्छन्, 'दोषी पहिचानको मुख्य दाबीअनुसार चोटपटक नभेटेपछि हामीले थुनिराख्नुपर्ने बलियो कारण रहेन । उहाँहरूले एकापसमा मिलेर बस्ने सहमति गर्नुभयो । हामीले जान दियांै ।' निराधार आरोप लगाएको भन्दै जीवन र उनका केही आफन्तले रिस राखेका थिए । दोस्रो दिन सोमबार साढे १० बजे गाउँले स्थानीय अन्नपूर्ण एकेडेमी बोर्डिङमा भेला भए । काममा गएकी उनलाई फोन गरेर समाजको छलफलका लागि बोलाइयो । होटल सञ्चालक ढकालले भने, 'त्यस्तो घटना हुन्छ भन्ने जानेको भए म उनलाई जाऊ भन्दिनथें । थाहा भएन । गाउँ/समाजले छलफलका लागि बोलाएकामा जानुपर्छ, जाऊ भनेर मैले नै भनेको हुँ ।' उनी उक्त स्कुलमा पुगेपछि महिला बाहुल्य भीडले केरकार गर्‍यो । झूटा आरोप आइन्दा नलगाउने भन्दै माफी मगायो । त्यसपछि कालोमोसो दलेर कुटपिट गर्दै जुत्ताको माला लगाए । अघिल्लो दिन उनलाई प्रहरीसम्म जाहेरी दिन सघाउने मनोजलाई पनि खोजेर कालोमोसो दले । घटनापछि पीडित महिला र मनोजले भागेर ज्यान जोगाए । मोसो दलेकै अनुहार लिएर मनोज प्रहरीकहाँ पुगे । प्रहरी निरीक्षक गिरी भन्छन्, 'घटना थाहा हुनेबित्तिकै हामीले आरोपी जीवन, अमित र कवीन्द्रलाई पक्रेर ल्यायौं ।' उनका अनुसार समाजले कारबाही प्रक्रिया अघि बढ्न दिएन । 'उहाँहरू सबै मिलेर फेरि आउनुभो । हामी मिल्छौं भन्नुभयो,' उनले भने, 'त्यसपछि राति नै हामीले तीनै जनालाई छाड्नुपर्‍यो । न पीडित ले उजुरी दिइन न त मनोज भाइले ।' सोमबार बेलुकी स्थानीय सञ्चारकर्मीले घटनाका तस्बिरहरू र भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेपछि प्रहरी दबाबमा पर्‍यो । 'मैले ती बहिनीलाई नडराउनुस् भनेर आफ्नै गाडीमा चढाएर ल्याई जाहेरी दिन लगाएँ,' गिरी भन्छन्, 'यसपछि कारबाही चलाउने आधार तयार भएको छ । अमानवीय घटनामा हामी चुप लागेर बस्दैनांै । अनुसन्धान गर्छौ, कारबाही चलाउन प्रतिबद्ध छौं ।' उनले के गरिन् करमडाँडा गाउँमा भेटवाल र उनी वल्लोपल्लो घर भएका छिमेकी हुन् । दलितका घर तीनवटा मात्रै छ । मलेसियामा सेक्युरिटी गार्डको काम गर्ने जीवन भेटवाल १३ दिनअघि छुट्टीमा घर आएका हुन् । घटनापछि पीडित ले आफ्नो घर छाडेर दिदी मैयाकहाँ इन्द्रपुर गाविस-३ त्रिवेणीटोलमा शरण लिएकी छन् । शरण लिएकै ठाउँमा पत्रकार र अधिकारकर्मीको ठूलो जत्था पुग्दा उनी संयमित देखिइन् । 'हाम्रो खास बोलचाल थिएन । उनीहरू र हाम्रो आउजाउ थिएन,' उनले भनिन्, 'मलाई जबर्जस्ती गर्न खोजेको घटनामा जीवन थिएन भने को थियो ? पछि मैले माफी पनि मगेकी हुँ ।' पहिलो दिनको घटनापछि आफू र मनोज भाइमाथि नहुनुपर्ने घटना भएको उनले बताइन् । 'मोसो दलेको, कुटेको र जुत्ताको माला लगाएको हिसाब हुनुपर्छ,' उनले भनिन्, 'आफूलाई एक्लै ठानेकी थिएँ । तर, मेरो पक्षमा पनि आवाज उठेकाले बलियो महसुस भएको छ ।' दुई वर्षअघि आफ्नी १३ वर्षीया भतिजीमाथि यौन दुव्र्यहारको घटना भएको बताउँदै उनले भनिन्, 'त्यो बेला पनि कुरा गाउँमै मिल्यो । ५ कट्ठा जग्गा दिए । योपल्ट १० कट्ठा जग्गा लिने नियतले मैले जीवनलाई आरोप लगाएको भन्दै मोसो दले ।' भतिजीको घटनामा पीडक जीवनका बाबु रहेको आरोप उनको छ । यता जीवनका बाबु ६० वषर्ीय रामचन्द्रले भने बलात्कार प्रयासको आरोप लागेका बेला जीवन आफ्नो काका भवानीको घरमा खाना खान गएको दिन परेको उनले सुनाए । 'मोसो दल्ने काम नहुनुपथ्र्यो । समाजले गरेको हो । मैले देखेको घटना होइन । तर, हामी निर्दोष छौ,' उनले भने, 'उनको परिवारसँगका पुराना कुरा नकोट्याउँ ।' कारबाही चलाउन प्रतिबद्धता जनाएको प्रहरीले पीडित मध्येका मनोजको सहयोग नपाएको गुनासो गरेको छ । प्रहरी निरीक्षक गिरीले भने, 'जाहेरी दिन र पीडक पहिचान गर्न बोलाउँदा पनि आएका छैनन् ।' प्रहरीको छानबिन समिति घटना छानबिनका लागि पूर्वक्षेत्रीय प्रहरी कार्यालयले बुधबार एसपी शेखर कोइरालाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । अपांग, बालबालिका र महिलामाथि हुने कुनै पनि प्रकारका थिचोमिचो र हिंसाका घटनामा मिलापत्र नगराउन आफ्ना मातहतका इकाईलाई क्षेत्रले निर्देशन दिएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger