Widgets

Home » » दुलहीलाई घर निकाला

दुलहीलाई घर निकाला

Written By Unknown on Sunday, July 21, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

photo signal

काँकडभिट्टा, श्रावण ६ - झापा खजुरगाछीका गोपाल साहले विहेको एक साता नबित्दै दुलही लाई घर निकाला गरेका छन् । शरीरमा सेतो दाग देखेपछि उनले दुलही नस्वीकार्ने भएका हुन् । साहले असार ३० गते भारत बिहारको पूणिर्या जिल्ला सिकटी गाउँका हीरालाल साहकी छोरीलाई दुलही बनाएर भित्र्याएका थिए । 'विहे गरेर ल्याएकी दुलही को शरीरमा सेतो दाग देखेपछि दुलहाले उनीसँग नबस्ने निर्णय गरेका रहेछन्,' इलाका प्रहरी कार्यालय गौरीगन्जका प्रहरी निरीक्षक डिल्ली चौहानले भने । दुलहाले घर निकाला गरेपछि दुलही ४ दिनदेखि गौरीगन्जमा रहेका आफन्तको घरमा आश्रय लिएर बसेकी छन् । दुलहा गोपालका बुबा नारायणप्रसाद साहले औषधि उपचारपछि दाग निको पारेर आए मात्र दुलही स्वीकार्ने बताएको प्रहरीले जनायो । तर दुलही ले कुनै हालतमा घर छाडेर नजाने अडान राखेकी छन् । पतीले घर निकाला गरेपछि दुलही ले शनिबार स्थानीय गौरीया खोलामा फाल हानेर आत्महत्या प्रयाससमेत गरेको प्रहरीले जनायो । उनको अवस्था सामान्य छ । दुलही का बुबा हिरालालले छोरीको विवााह दर्ता गर्न र बस्न सक्ने वातावरण मिलाइदिन प्रहरीलाई आग्रह गरेका छन्

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger