भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
यौन क्रियाकलापमा संलग्न भएको भन्दै कैलालीको अत्तरिया बजारस्थित विभिन्न तीन होटेलबाट शनिबार दिउँसो प्रहरीले सात जोडी युवा युवतीलाई पक्राउ गरेको छ । अत्तरियाका होटलहरुमा खुलेयाम बढेको यौन क्रियाकलापले विकृति बढेको जनगुनासो आएपछि गएको प्रहरी टोलीले सात जोडीलाई अपत्तीजनक अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक विष्णुबहादुर सिंहले बताउ । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान सुरु गरिएको सिंहले बताए । पछिल्लो केही समययता धनगढी, अत्तरियालगायतका सहरी क्षेत्रमा खुलेयाम बढ्दै गएका यौन क्रियाकलापका घटनाले सामाजिक विकृति विसङ्गति निम्त्याइरहेको भन्दै यस्ता गतिविधि रोक्न सबैले पहल गर्नुपर्ने स्थानीय सर्वसाधारणको भनाइ छ । रासस
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.