भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
भर्जिनिया–पाकिस्तानमा अमेरिकी सेनाको कारबाहीमा मारिएका अलकायदाका मुख्य नेता ओसामा बिन लादेनले बोक्ने गरेको हतियार सिआइएको संग्राहलयमा पुगेको छ। लादेन मारिएपछि बरामद भएको उनको एके ४७ राइफल अमेरिकी केन्द्रिय जासुसी संस्था सीआईएको अत्याधुनिक तर गोप्य संग्राहलयमा पुर्याइएको हो। भर्जिनियाको लैगलीमा रहेको सीआइए मुख्यालयको संग्रहलयमा यो राइफलको लगिएको हो। संग्रहलयमा दोस्रो विश्वयुद्धदेखि अमेरिकाले भन्दै आएको 'आतंकवाद विरुद्धको युद्ध'सम्म आइपुग्दाका ७० वर्षसम्मका सामाग्रीहरु रहेका छन्। संग्रहलय आम जनताको लागि बन्द छ। संग्रहलयमा कर्मचारीहरु र आमन्त्रित विशेष ब्यक्तिहरुले मात्र प्रवेश पाउने गर्छन्। ओसामा बिन लादेनको रुसमा बनेको एके ४७ राइफल सामान्य पित्तलको फ्रेम भित्र अफगानस्तानमा भेटिएको अल–कायदा प्रशिक्षण पुस्तिकाका साथमा राखिएको छ। पाकिस्तानको ऐबटाबादमा यो राइफल बरामद भएको संग्रहालय प्रमुख टोनी हिलेले बताए। तर संग्राहलयसम्म राइफल कसरी आइपुग्यो भन्ने कुरा संग्रहलय प्रमुखले बताउन चाहेनन्। सीआईएले यसप्रति कुनै टिप्पणी गरेको छैन। हतियार कसरी प्राप्त भयो र यसमा गोली थियो वा थिएन यसबारे उनले कुनै प्रतिक्रिया दिएको छैन।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.