भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
विराटनगर, श्रावण १६ - संविधानसभा चुनावको विपक्षमा रहेका दलहरुमा सहभागी मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले राष्ट्रियताका लागि पूर्वराजा र राजावादीहरुसँग मिल्न सकिने भन्ने नेकपा माओवादीका नेताहरुको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ । यस्तो अभिव्यक्ति सैद्धान्तिक अडान हो भने आफू ३३ दलीय मोर्चामा नबस्ने चेतावनी पनि परिषदले दिएको छ । चुनावको विपक्षमा रहेको ३३ दलमा आवद्ध भए पनि गणतन्त्र बिरोधी पूर्वराजावादीहरुसँग सहकार्य गर्ने कुरा सोच्न पनि नसकिने भन्दै विज्ञप्तिमार्फत परिषदले आपत्ति जनाएको हो । परिषद अध्यक्ष कुमार लिङ्देनद्वारा जारी विज्ञप्तिमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता जस्ता कुरा आफ्नो बटमलाइन भएको भन्दै नेकपा माओवादीलाई त्यस्तो धारणा सैद्धान्तिक भए आफू मोर्चामा नबस्ने चेतावनी दिइएको छ । आगामी मंसिर ४ गतेका लागि तोकिएको निर्वाचन यथास्थितिवादी अनि स्रघीयता विरोधी भएको आरोप लगाउँदै परिषदले यसका विरुद्धमा आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ । परिषदले पूर्वका लिम्बुवान भनिएका नौ जिल्लामा कालोझन्डा गाड्ने, ती जिल्लाका गाविस, नगरपालिका र निर्वाचन कार्यालयहरुमा तालाबन्दी गर्ने लगायत आन्दोलनका कार्यक्रम परिषदले विज्ञप्तिमार्फत् सार्वजनिक गरेको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.