भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१६ साउन, काठमाण्डौं । नेपाल राष्ट्र बैंकको बैंकिङ कार्यालय थापाथलीले गत १ असारबाट पूर्ण कार्यान्वयनमा ल्याएको नयाँ सङ्खटवेयरले प्रभावकारी काम गर्न थप १२ करोड रुपैयाँ लगानी थप्नुपर्ने भएको छ । केन्द्रीय बैंकलाई आवश्यक पर्ने विशेषता समावेश नगरिएका (मापदण्डबाहिर रहेको) कारण नयाँ सङ्खटवेयरले प्रभावकारी रूपमा काम गर्न नसकेको हो । ‘नयाँ सङ्खटवेयरले प्रभावकारी काम गर्न १२ करोड रुपैयाँ थप लगानी आवश्यक छ, अहिलेको विशेषताले सफ्टवेयरको सामान्य प्रयोग गर्न मात्र सकिन्छ,’ नेपाल राष्ट्र बैंकका एक वरिष्ठ अधिकारीले भने ।
नयाँ सफ्टवेयरलाई सपोर्ट (सहयोग) गर्ने हार्डवेयर नभएका कारण समस्या उत्पन्न भएको स्रोतको दाबी छ । राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवाली भने यस विषयमा आफुलाई कुनै जानकारी नभएको बताउँछन् । ‘सुरुमा केही समस्या आएको भन्ने जानकारी आएको थियो, अहिले केही ‘रिपोर्टिङ’ आएको छैन,’ प्रवक्ता ज्ञवालीले भने, ‘त्यसैले मलाई जानकारी पनि छैन ।’ उनले सफ्टवेयरलाई ‘सपोर्ट’ गर्ने हार्डवेयर नभएको तथा मर्मत शुल्कका बारेमा समेत अनभिज्ञता जनाए । नेपाल राष्ट्र बैंकले गत एक असारदेखि पुरानो सङ्खटवेयर हटाएर स्विट्जरल्यान्डको ईआरआई कम्पनीले बनाएको ओलम्पिक सिस्टमको जनरल लेजर (जीएल) सफ्टवेयर सञ्चालनमा ल्याएको थियो । पूर्ण प्रयोगमा ल्याएकै दिन २ असारमा सो सङ्खटवेयरले काम नगरेपछि आन्तरिक छानबिन गरिएको थियो । २ असारमा काम नगरेपछि ‘म्यानुअल रेकर्ड’ राखेर कारोबार गरिएको थियो । राष्ट्र बैंकले १ वैशाखदेखि नै जीएल सफ्टवेयरको समानान्तर प्रयोग गरिरहेको थियो । दुई महिनाको परीक्षण र प्रयोगपछि १ असारबाट नयाँ सफ्टवेयर पूर्ण सञ्चालनमा ल्याइएको थियो ।
राष्ट्र बैंकले खरिद गरेको नयाँ सफ्टवेयर अत्याधुनिक भएको दाबी गरिए पनि दक्षिण एसियाली देशका केन्द्रीय बैंकले उक्त सफ्टवेयर प्रयोग गरेका छैनन् । दक्षिण एसियामा सो सफ्टवेयर प्रयोग गर्ने नेपाल राष्ट्र बैंक नै पहिलो भएको बताइएको छ । राष्ट्र बैंकले सो सफ्टवेयर करिब १९ करोड रुपैयाँमा खरिद गरेको हो । केन्द्रीय बैंकका अधिकारीहरूले सो सफ्टवेयर निकै सस्तोमा खरिद गरिएको दाबी गर्ने गरे पनि किन सस्तोमा पाइयो भन्ने जवाफ दिइरहेका छैनन् । नेपाल राष्ट्र बैंकले १९ करोड रुपैयाँ खर्च गरेर जनरल लेजर (जीएल) सफ्टवेयर सञ्चालनमा ल्याएको भए पनि तथ्यांक सुरक्षित राख्न प्रयोग गरिने ब्याकअप प्रणाली नहुँदा झनै जोखिम बढेको राजधानी दैनिकमा खबर छ ।
कुनै प्राकृतिक प्रकोप उत्पन्न भएर राष्ट्र बैंकको डाटा सेन्टरमा क्षति पुगेको अवस्थामा पुनः तथ्यांक लिन सक्ने अवस्था नै नरहेको स्रोतको भनाइ छ । ‘यो सफ्टवेयर खरिद गर्दा डिजास्टर रिकभरी सिस्टम लिइएको छैन, कुनै दुर्घटना भयो भने राष्ट्र बैंकले राखेका सम्पूर्ण तथ्यांक नष्ट हुने जोखिम छ,’ राष्ट्र बैंक स्रोतले भन्यो । सफ्टवेयर खरिद गर्ने समयमा रिकभरी सिस्टम लिनका लागि थप पैसा लाग्ने भएका कारण राष्ट्र बैंक व्यवस्थापनले यस्तो प्रणाली नलिएको हो ।सफ्टवेयर बनाउने कम्पनीले रिकभरी सिस्टम लिनका लागि थप १२ करोड रुपैयाँ प्रस्ताव गरेपछि पहिला सफ्टवेयर सञ्चालन गर्ने र सञ्चालनमा आएपछि रिकभरी सिस्टम लिने योजनामा राष्ट्र बैंक व्यवस्थापन लागेको थियो ।
राष्ट्र बैंकको नयाँ सफ्टवेयर मापदण्डबाहिर, मर्मत शुल्क मात्रै वार्षिक ४ करोड
Written By sangalo on Tuesday, July 30, 2013
भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्
Labels:
समाचार
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.