भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नविन अर्याल
२२ असार, काठमाडौं । सरकारले जारी गर्न लागेको १३ औं आवधिक योजना (२०७० साउन – २०७३ असार) मा उल्लेखित आर्थिक विकासका लक्ष्य पूरा गर्न भरपर्दा आधार नभएको निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले प्रतिक्रिया व्यक्त गरेको छ । सरकारले प्रस्ताव गरेका कुनै पनि लक्ष्य, उदेश्य र नीति कार्यान्वयन हुने विश्वसनीय आधार नदेखिएको महासंघको प्रतिक्रिया छ । योजना यथार्थ धरातलसँग नमिल्ने गरी प्रस्ताव गरिएको महासंघको महासंघको टिप्पणी छ ।
उहाँले योजनाका सन्दर्भमा गरेको बुँदागत टिप्पणी यस प्रकार छ :
१. सरकारले कूल ग्राहस्थ उत्पादनको २१ प्रतिशत राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । अहिले आयात बढेको कारण बल्ल बल्ल १७ प्रतिशत राजस्व उठेको छ । सरकारले निर्यातलाई प्रवद्र्धन गर्ने हो भने २१ प्रतिशतको लक्ष्य पुग्नै सक्दैन । यसको मतलब सरकार आयातलाई नै बढाउन चाहन्छ भन्ने देखिन्छ ।
२. हरेक क्षेत्रमा सरकारको भूमिका बढाउने उल्लेख गरिएको छ । निजी क्षेत्रको प्रवद्र्धन गर्ने वाक्य उल्लेख गर्नुको कुनै औचित्य छैन । उदारीकरणको अर्थ सरकारको भूमिका न्यूनीकरण गरी निजी क्षेत्रको भूमिका बढाउने हो ।
३. निजी क्षेत्रको स्रोत परिचालनलाई महत्व दिने भनेर योजनाले उल्लेख गरेको छ । तर, कुन क्षेत्रमा कसरी स्रोत परिचालन गर्ने भन्ने स्पष्ट छैन ।
४. नेपालगञ्ज र धनगढीमा निजी क्षेत्रको अग्रसरतामा क्षेत्रीय विमान स्थल निर्माण गर्ने हाम्रो माग योजनाले सम्बोधन गरेको छैन ।
५. सहकारीलाई ठूला उद्योग संचालन गर्न दिने भनिएको छ । अहिले व्यवस्थित कम्पनीमार्फत सञ्चालित उद्योग समेत अनुगमन गर्न नसकेको सरकारले सहकारीलाई कसरी अनुगमन गर्दछ ?
६. ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य उल्लेख गरिएको छ तर त्यो लक्ष्य हासिल गर्न सक्ने सरकारको गम्भीरता देखिंदैन ।
७. निर्यात बढाउने अमूर्त वाक्य उल्लेख गरिएको छ । कसरी बढाउने भन्ने कार्यक्रम उल्लेख छैन ।
८. गैरसरकारी संस्थालाई नियमन गर्ने भनिएको छ । तर कसरी गर्ने भन्ने केही आधार उल्लेख नभएकोले घोषणाको मात्र कुनै तुक देखिंदैन ।
९. मूल्य वृद्धि नियन्त्रण गर्न रणनीति ल्याउने भनिएको छ तर त्यो रणनीतिमा कुनै वस्तुगत आधार देखिंदैन ।
१०. १० वर्षमा नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने कुरा पूरा हावादारी हो । यसको कुनै आधार प्रस्तुत गरिएको छैन ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.