Widgets

Home » » छोरी खेलाउँदै, जहाज उडाउँदै

छोरी खेलाउँदै, जहाज उडाउँदै

Written By sangalo on Thursday, July 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
११ साउन, काठमाण्डौं । जहाजको ककपिटमा को को हुन्छन् ? पाइलट र इन्जिनियर । अनुमतिबिना एयरहोस्टेज पनि भित्र छिर्न पाउँदिनन् । छोरी (अनधिकृत व्यक्ति) लाई ककपिटमा राखेर जहाज उडाउँदा नेपाल वायुसेवा निगमका दुई पाइलट कारबाहीमा परेका छन् । निगमको अन्तर्राष्ट्रिय उडान गर्ने बोइङ ७५७-९ एन एसिबीका ती दुई पाइलटलाई अनिश्चित समयसम्म उडान गर्न नपाउने गरी ‘ग्राउन्डेड गरिएको छ । उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्यन प्राधिकरणको आग्रहपछि राष्ट्रिय ध्वजाबाहक निगमले क्याप्टेन सुधीर राई र सोनी राणालाई यस्तो कारबाही गरेको हो । स्रोतका अनुसार करिब तीन साताअघि मलेसियाको क्वालालम्पुरबाट काठमाण्डौं आउने क्रममा क्याप्टेन राई र राणाले आफैले उडाएको उक्त जहाजको ककपिटमा राणाकी छोरी पनि थिइन् । घटनालाई निगम व्यवस्थापनले अहिलेसम्म ‘गुपचुप’ राख्न खोजेको थियो । ‘उडान सुरक्षामा खेलाँची गरेका कारण निगम व्यवस्थापनले क्याप्टेन राई र राणालाई ग्राउन्डेड गरेको छ ,’ स्रोतले भन्यो, ‘व्यवस्थापनले यसलाई गम्भीर रुपमा लिएको छ ।’ घटनाबारे अनुसन्धान गर्न नायव महाप्रवन्धक गणेश ठाकुरको संयोजकत्वमा समिति गठन गरिएको नागरिक दैनिकमा खबर छ । उडान अवधिमा राणाकी करिब १४ बर्षकी छोरीले जहाजको ककपिटबाट कम्तीमा चारपटक भित्र बाहिर गरेकी थिइन । जहाजलाई क्याप्टेन राइले कमान्ड गरेका थिए । उक्त जहाजमा यात्रुमात्र भएको भए घटना सार्वजनिक नहुने भए पनि विमानमा नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारी पनि सवार रहेकाले घटना सार्वजनिक भएको हो । एक अनधिकृत व्यक्ति जहाजको ककपिट भित्र बाहिर गरेको देखेपछि उनले कार्यालयमा उजुरी गरी कारबाही प्रक्रिया अघि बढाउन माग गरेका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger