Widgets

Home » » झारफुकको निहुँमा मन्दिरका पुजारीद्वारा बालिका बलात्कृत

झारफुकको निहुँमा मन्दिरका पुजारीद्वारा बालिका बलात्कृत

Written By sangalo on Friday, July 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

धनुषाको रमदैया गाविसस्थित राजदेवी मन्दिरका पुजारीले झारफुक गर्ने बाहानामा बालिकालाई बलात्कार गरेको रहस्य खुलेको छ । मन्दिरका पुजारी ४५ बर्षका रामपुकार यादबले १३ बर्षकी एक बालिकालाई बलात्कार गरेको खुलासा भएको हो ।
BALATKARअसार १८ गते भएको घटना दुईदिन पछि बिहीबारमात्र सार्वजनिक भएको हो । स्थानीय सपही गाविस-४ बस्ने ती बालिकालाई पेट दुखेपछि झारफुकका लागि सो मन्दिरका पुजारीकहाँ उनकी आमाले पुर्‍याएको र पुजारीले आमालाई झारफुकका लागि सामान किन्न पठाएर बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
पछि झारफुकको सामान लिएर त्यहाँ आएपछि घटनाबारे आमाले थाहा पाएर होहल्ला गरेपछि पुजारी भागेका थिए । गम्भीर अवस्थामा बालिकालाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो ।
आक्रोसित स्थानीयवासीले पुजारी यादवले झारफुकको नाममा पटकपटक यस्तो कार्य गर्दै आएकाले पुजारीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।
फरार पुजारीको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger