Widgets

Home » » कर नतिरेका सेटमा सिम ब्लकको तयारी मोबाइल सेटको मूल्य ७ प्रतिशत बढ्ने

कर नतिरेका सेटमा सिम ब्लकको तयारी मोबाइल सेटको मूल्य ७ प्रतिशत बढ्ने

Written By sangalo on Saturday, July 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
मोबाइल सेटको अनधिकृत आयात रोकेर करको दायरामा ल्याउन सरकारले कर तिरेका सेटमा मात्र सिमकार्ड चल्ने प्रणाली लागू गर्ने तयारी गरेको छ । हाल बजारमा करिब २५ प्रतिशत मोबाइल सेट भन्सार छली (ग्रे मार्केटमार्फत) आयात हुने गरेको अनुमान छ ।
small-mobile
भन्सारमा मोबाइलको संकेत नम्बर पेश गर्नुपर्ने र ती सेटमा मात्र सिमकार्ड चल्ने प्रणाली लागू गर्न अर्थ मन्त्रालयले दूर सञ्चार प्राधिकरणसँग छलफल गरेको छ । टेलिकम सेवा प्रदायकले निश्चित सेटमा आफ्नो सिम नचल्ने बनाउन सक्छन् । नेपाल टेलिकम र एनसेलले मोबाइबल सिमकार्ड जारी गर्ने गरेका छन् ।
‘यो प्रणाली लागू गर्न हामीले टेलिकमहरुको नियामक दूरसञ्चार प्राधिकरणसँग छलफल अघि बढाएका छौं’, अर्थका अधिकारीले भने, ‘प्राधिकरणको तर्फबाट पनि यसमा प्रक्रिया अघि बढाइएको छ ।’ यस्तो प्रणाली लागू गर्दा व्यक्तिगत रुपमा विदेशबाट किनेर ल्याउने सेटको सम्बन्धमा अलग्गै व्यवस्था गर्नुपर्ने झन्झट देखिएको छ ।
हाल मोबाइल सेटमा शून्य भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने गरेको छ । तर सरकारले ६० प्रतिशत मूल्य अभिवृद्धि कर बिक्रेतालाई फिर्ता दिने गरेको छ । औपचारिक च्यानलबाट मोबाइल सेट आयात नभएपछि सरकारले शून्य भन्सार र आधा भ्याट फिर्ताको सुविधा दिएको थियो ।
औपचारिक माध्यमबाट सेट आयात भएपछि व्यापारीको यथार्थ कारोबार देखिने र त्यसको आधारमा आयकरमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षामा सरकारले कर छुटको सुविधा दिएको हो । यदि सेट प्रतिबन्ध प्रणाली लागू भएमा सरकारले यसअघि दिंदै आएको कर छुटको सुविधा फिर्ता लिने अर्थका अधिकारीले बताए ।
उक्त प्रणाली लागू भएमा उपभोक्ताले भ्याट बिलसहित किन्ने मोबाइल सेटको मूल्य करिब ७ प्रतिशतले वृद्धि हुनेछ । अहिले बजारमा बिना भ्याटबिलको सस्तो र बिलसहितको सेट महँगोमा बेच्ने गरिएको छ । आधिकारिक वारेण्टी र उपभोक्तामा वैध कारोबारलाई प्रोत्साहन गर्ने सोचमा भएको विकासले महँगो भए पनि बिलसहितकै सेटको बढी माग हुने गरेको बिक्रेताहरु बताउँछन् ।
यसैगरी, मोबाइल सेवा प्रदायकहरुले चोरी भएका सेटमा पनि सिमकार्ड प्रतिबन्ध गर्ने तयारी गरेका छन् । मोबाइल सेट चोरी घटना बढेको र ग्राहकको गुनासोलाई ख्याल गरी चोरीलाई निरुत्साहन गर्न यस्तो प्रणाली लागू गर्न लागिएको सेवा प्रदायकले बताएका छन् । अहिले कम्पनीहरुले हराएको सेटको आईएमइआई नम्बर उपलब्ध गराएमा उक्त सेटमा कुन नम्बरको सिमकार्ड प्रयोग भएको छ भन्ने मात्र जानकारी दिने गरेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger