Widgets

Home » » ग्लोबल बलिउड (फोटो फिचरसहित)

ग्लोबल बलिउड (फोटो फिचरसहित)

Written By sangalo on Saturday, July 13, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

IIFA - Global Bollywood

'वल्र्ड क्यासिनो सिटी’का नामले प्रख्यात मकाउ गत हप्ता भने पूरै बलिउडमय बन्यो । इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) ले यस्तो काम गरेको थियो । तीनदिने 'आइफा विकेन्ड' को मुख्य आकर्षण थियो गत शनिबारको अवार्ड वितरण । भव्य समारोहका लागि पाँचतारे विशाल भेनिसन रिसोर्टस्थित 'कोटाई एरेना' झकिझकाउ सिंगारिएको थियो । बलिउड सेलिबि्रटीहरूको सहभागिता रहेको समारोहमा दर्शकको बाक्लो घुइँचो थियो । अवार्ड घोषणाभन्दा पनि 'गि्रन कार्पेट' मा भएको ग्ल्यामर वर्षाले धेरैलाई मोहित पारेको देखिन्थ्यो ।
आइफामा मेरो यो दोस्रो सहभागिता थियो । सन् २००९ को १० औँ आइफा यसै सहरमा आयोजित भएकाले यसपटक दर्शक सहभागिता र यसप्रतिको उत्सुकता केही घट्न सक्ने मेरो अनुमानविपरीत थियो । उति बेला सहभागी चिने जानेकाहरू थुप्रै यसपटक पनि दोहोर्‍याएर पुगेका भेटिए । यस्ता प्रकृतिका समारोहमा 'रेड कार्पेट' ओछ्याइने प्रचलनविपरीत आइफाले पर्यावरण संरक्षणप्रति सचेतना जगाउने उद्देश्यले सेलिबि्रटीहरूलाई 'गि्रन कार्पेट' मा स्वागत गर्ने नौलो परम्परा थालेको छ ।  
साँझको पँाच बजे 'गि्रन कार्पेट' सुरु हुने जनाउ दिइए पनि दर्शकहरू दुई नबज्दै अघिल्तिरको ठाउँ ओगट्न लामबद्ध भइसकेका थिए । मन पर्ने सेलिबि्रटीलाई प्रत्यक्ष हेर्ने र तस्बिर लिने लालसा सबैमा व्यग्र देखिन्थ्यो । पर्दामा अभिनय मात्र हेरेका फ्यानहरूलाई यिनका वास्तविक रूप, पहिरन र चालढाल पछ्याउने गतिलो अवसर थियो यो । शाहरुख खान, माधुरी दीक्षित, विद्या बालन, दीपिका पादुकोण र अभिषेक बच्चन यसपटकका मुख्य आकर्षण थिए । अलि ढिलोगरी शाहरुख आधा दर्जनभन्दा बढी सुरक्षाकर्मीहरूबाट घेरिएर गि्रन कार्पेटमा झुल्किए । धेरै बेरको पर्खाइले प्रशंसकका ओइलिसकेका अनुहार उनको आगमनले एकाएक तंगि्रए । ४७ वषर्ीय शाहरुख बाक्लो दाह्रीमा थिए । तर, कालो सुटमा सजिएका यिनका अनुहार हँसिलो देखिन्थ्यो । दर्जनौं सञ्चारकर्मी फोटोग्राफर र फ्यान हरूका क्यामरा लगातार उनीमाथि बर्सिएको बर्सिएै भए । उनको नाम लिएर प्रशंसकहरू चिच्याउन थाले । जताबाट चर्को आवाज आयो, शाहरुख त्यतै लम्किन्थे । उनलाई छुन हतारिएका हातबाट उनलाई जोगाउन सुरक्षाकर्मीहरूलाई हम्मे-हम्मे पर्‍यो ।
गि्रन कार्पेटमा शाहरुखकै पछिपछि थिइन् माधुरी दीक्षित । कालो सुनौलो बुट्टे साडीमा सजिएकी ४६  वर्षीया यी सुन्दरीको शाहरुखसँग गि्रन कार्पेटमा भेट भयो । शाहरुखले अघि बढेर माधुरीको औंला समाई हार्दिकता देखाए । यो क्षणलाई क्यामरामा कैद गर्न फोटोग्राफरहरूबीच केहीबेर तँछाममछाड नै चल्यो । माधुरी पहिलोपटक आइफामा सहभागी थिइन् । लामो समय घरगृहस्थीमै रुमलिएकी यिनले चलचित्र 'गुलाब ग्याङ' मार्फत् पुनरागमन गर्दै छिन् ।
अभिषेक बच्चन, साहिद कपुर, विद्या बालन, नेहा धुपियालगायतका कलाकारहरूले गि्रन कार्पेट छिचोल्दा समेत भेनिसन परिसर राम्रै थर्कियो । नयाँ पुस्ताका चलचित्रकर्मीहरूको बाक्लो उपस्थिति रहेको समारोहमा जिनत अमान, कमल हासन, श्रीदेवी, रणधीर कपुर, राजीव कपुर, अनुपम खेर, प्रभु देवा, फरदिन खानलगायत कलाकर्मीहरूको दरिलो जमघटले माहोल थप रंगीन बनाएको थियो । परिणिती चोपरा, दिया मिर्जा, आयुष्मान खुराना लगायत पछिल्लो पुस्ताका चर्चित सेलिबि्रटी किशोर तथा युवाहरूका आकर्षण बने । शाहरुख र साहिद कपुरद्वारा सञ्चालित अवार्ड वितरण समारोह ७ हजार दर्शकले प्रत्यक्ष हेरेका थिए ।
....
गत ३ मे २०१३ मा भारतीय सिनेमाले एक सय वर्ष पूरा गरेको छ । सन्  १९१३ मे ३ मा प्रर्दशित 'राजा हरिशचन्द्र' पहिलो भारतीय फिल्म थियो । विभिन्न भाषामा बर्सेनि १ हजारभन्दा बढी फिल्म निर्माण हुने भारत अहिले विश्वकै ठूलो फिल्म उत्पादक राष्ट्र हो । अन्तर्राष्ट्रिय व्यापार विकासको तथ्यांकमा बलिउडले सन् २०११ यता फिल्म व्यवसायबाट बर्सेनि तीन अर्ब अमेरिकी डलर कमाइ गरिरहेको उल्लेख छ । बर्सेनि १० प्रतिशतसम्मको बढोत्तरी रहेको आम्दानीको यो आँकडा सन् २०१६ सम्म साढे चार अर्ब पुग्ने अनुमान छ । २००४ का तुलनामा बलिउडको पछिल्लो कमाइ तीन गुणा बढी हो । बलिउडका तुलनामा आधामात्र फिल्म उत्पादन गर्ने हलिउडले भने वाषिर्क ५१ अर्ब अमेरिकी डलर कमाइ गर्छ । तर अन्य मुलुकका तुलनामा बलिउडको फैलँदो विश्व बजार भने उत्साहजनक मानिएको छ ।
५ करोडभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको भारतीय सिने उद्योग मुलुककै अर्थ व्यवस्थाको बलियो सहारा बनेको विश्लेषकहरूको दाबी छ । सरकारी अनुदानबिना उत्साहजनक प्रगति हासिल गर्नु भारतीय फिल्म उद्योगको महत्त्वपूर्ण सबल पक्ष हो ।
आइफा मकाउमा सहभागी कलाकर्मीहरूले समेत बलिउडको फैलँदो विश्व सञ्जालप्रति गर्वानुभूति व्यक्त गरे । 'प्रवासमा समेत हाम्रा यति धेरै प्रशंसकहरू भएको देख्दा निकै खुसी महसुस हुन्छ,' आइफा मकाउमा पत्रकारहरूसँग कुराकानी गर्दै गत शनिबार अभिनेता अभिषेक बच्चनले भने, 'मलाई लाग्छ बलिउडले बिस्तारै अन्तर्राष्ट्रिय दर्शकका ध्यान आकषिर्त गर्दै गएको छ ।' सन् २००० मा पहिलोपटक लन्डनमा आयोजित आइफा यसअघि साउथ अपि|mका, मलेसिया, नेदरल्यान्ड, सिंगापुर, दुबई, बैंकक, श्रीलंका, क्यानडालगायतका मुलुकमध्ये कतिपयमा दोहोर्‍याएर पनि गरिएका छन् । १५ औं आइफा अमेरिकाको फ्लोरिडास्थित ताम्पा बेमा गर्ने घोषणा भइसकेको छ ।
संसारभर हलिउडले वर्चस्व जमाइरहेका बेला आइफाले पहिलोपटक उसकै भूमिमा बलिउड अवार्ड आयोजना गर्ने निर्णयलाई ठूलो दुस्साहस भनिएको छ । आइफाको सफलतालाई भारतीय सिने विश्लेषकहरूले बलिउड सिने उद्योगको अन्तर्राष्ट्रिय विस्तारका रूपमा अथ्र्याएका छन् । 'गीत, संगीत, नृत्य र आफनै मौलिक कथा हिन्दी सिनेमाका मुटु हुन् जुन हलिउडसँग छैन,' नयाँ अभिनेताको अवार्ड जितेका आयुष्मान खुरानाले भने । मकाउमा बलिउडप्रति स्थानीय चिनियाँ तथा अन्तर्राष्ट्रिय दर्शकहरूले देखाएको चासो र उत्सुकताले बलिउडले विश्वको ध्यान तानिरहेको देखाउँथ्यो ।

तस्बिरहरु: निर्मल श्रेष्ठ
 
ग्लोबल बलिउड
ग्लोबल बलिउड
ग्लोबल बलिउड
ग्लोबल बलिउड
ग्लोबल बलिउड
ग्लोबल बलिउड
ग्लोबल बलिउड
ग्लोबल बलिउड
ग्लोबल बलिउड
ग्लोबल बलिउड
ग्लोबल बलिउड
ग्लोबल बलिउड
ग्लोबल बलिउड
ग्लोबल बलिउड
ग्लोबल बलिउड
ग्लोबल बलिउड
ग्लोबल बलिउड
ग्लोबल बलिउड
ग्लोबल बलिउड
ग्लोबल बलिउड
ग्लोबल बलिउड
ग्लोबल बलिउड
ग्लोबल बलिउड

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger