Widgets

Home » » नाबालकका झगडामा ढलमा पुरिएका नेपालीको जिवितै उद्धार

नाबालकका झगडामा ढलमा पुरिएका नेपालीको जिवितै उद्धार

Written By sangalo on Wednesday, July 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Lewang Limbu

हङकङ, असार - पछिल्लोसमय बालबालिकाहरूबाट भएका अकल्पनिय अपराधिक घटनाका समाचार सामान्यझै लाग्न थालेका छन् । हङकङमा समेत यस्तै प्रकृतिको एक घटना सार्वजनिक भएको छ । पार्कमा खेलिरहेका नाबालकहरू बिचका सामान्य झगडाका निहुँमा कंक्रिट ढलमा पुरिएका एक ६ वर्षीय नेपाली लेवाङ लिम्बूलाई हङकङ प्रहरीले दुईदिनपछि जिवितै उद्धार गरेको छ । तीनजना बालकले लिम्बूलाई कुटपिट गर्दै लडाएर पार्कभन्दा केहीपर चेङ पिङ स्टि्रटस्थित पानी निकास हुने ढलमा छोपिदिएका थिए । ढल छोप्न प्रयोग भएको कंक्रिट स्ल्याबको वजन करिब १८ किलो रहेको प्रहरीले जनाएको छ । त्यसमाथि काठको ट्रली समेत च्यापिएको थियो । मान्छे आवतजावत कमैमात्र हुने सुनसान ठाउँ भएकाले जमिनमुनी बालक चिच्याएको स्वर नसुनिएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रत्यक्षदर्शी एक बालककै सहयोगमा प्रहरीले उनलाई मंगलबार मध्यराति फेला पारेको हो । उनी त्यसबेला भोक र तिर्खाले अर्धचेत अवस्थामा थिए । लेवाङ गत शनिबार साँझ पुरिएका हुन् । कोङ वा अस्पतालमा उपचाररत् हाल उनको अवस्था खतरामुक्त रहेको जनाइएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक १४ वर्षीय नेपालीलाई पक्राउ गरेको छ । यसैमा संलग्न रहेको आशंकामा समातिएका दुई ८ वर्षीय नाबालकलाई भने अभिभावकको निगरानीमा छाडिएको छ । यी मध्ये एक नेपाली र अर्का चिनियाँ हुन् । पार्कमा खेल्न गएका छोरालाई अलपत्र छाडेर लेवाङकी आमा केटो साथी (ब्वाईफ्रेण्ड) सँग हिडेपछि उक्त घटना भएको स्थानीय प्रहरीको भनाई उद्धित गर्दै स्थानीय अंग्रेजी दैनिक साउथ चाइना मर्निङ पोष्टले उल्लेख गरेको छ । लापरवाही गरेको आरोपमा पक्राउ परेकी ३७ वर्षीय आमा र केटो साथीलाई सोधपुछपछि तत्कालका लागि छाडिएको छ । बालबच्चा नभएका एक चिनियँा दम्पत्तीले लेवाङलाई सानैदेखि पालनपोषणमा सघाइरहेको उनकी आमाले बताएकी छन् । किण्डरगार्टनमा अध्ययनरत छोरालाई उक्त दिन भने आमालेनै पार्क लगेकी थिइन् । 'मेरो छोरालाई लालनपालनमा समेत सघाइरहेको चिनियँाले लग्योहोला भनेर उसदिन खोजिन्', स्थानीय साप्ताहिक एभरेष्टसँगको कुराकानीमा उनले भनेकी छन्, 'रातभर खोज्दा पनि नभेटेपछि मात्र पुलिसलाई खबर गर्‍यो ।' प्रहरीले भने बालक हराएको सुचना आमाले नभई उनको हेरचाहमा सघाइरहेकी चिनियाँ महिलाले दिएको बताएको छ । लेवाङको आमालाई नजिकबाट चिन्नेहरू उनी लागुऔषध दुव्र्यसन भएको कान्तिपुरलाई बताए । हङकङमा विरलै सुनिने घटनामध्येका यसलाई स्थानीय संचारमाध्यमहरूले अत्यन्तै महत्वका साथ प्रकाशन तथा प्रशारण गरेका छन् । घटनामा संलग्नहरू नाबालकनै भएपनि गम्भिर प्रकृतिको घटना भएकाले फौजदारी अभियोग अन्तर्गत मुद्दा चल्नसक्ने एक कानुन व्यावसायीले बताए । 'कामको व्यस्तताका कारण आफ्ना सन्तानलाई प्रयाप्त समय दिन नसक्नु हङकङबासीका ठूलो समस्याका रुपमा देखिएको छ', लामो समयदेखि यहाँ बसोबासरत रेष्टुरेष्ट व्यावसायी कमल पौडेलले भने, 'यसैका कारण समेत यस्ता प्रकृतिका अकल्पनिय घटना दोहोरिरहेका छन् ।' इन्टरनेटको सर्वसुलभता, हिंसाजन्य भिडियो गेम र चलचित्र लगायतले समेत यस्ता घटनामा बल पुर्‍याएको उनको भनाई थियो । स्थानीय संचारमाध्यमहरूले नाबालकको ज्यानै लिने मनसायले जिउँदै गाडिएको घटनाका रुपमा व्याख्या गरी सनसनीपूर्ण समाचार बनाएकामा विमति राख्दै साप्ताहिक एभरेष्टका सम्पादक किसन राईले त्यस्तो अपराधिक सोचाई नपाएको दाबी गरे । 'तर समयमा थाहा हुन नसकेका भए ज्यान जानसक्ने प्रयाप्त सम्भावनालाई भने नकार्न सकिदैन्', राईले भने ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger