Widgets

Home » » सलमान अब लुलियासँग

सलमान अब लुलियासँग

Written By sangalo on Tuesday, July 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Salman Luniya

बक्स अफिस हिरो सलमान खान जति उमेर छिप्पिँदै छ, उति चुलबुल बन्दै देखिन थालेका छन् । सर्ट उतारेकै भरमा तमाम युवतीलाई फ्यानको लर्कोमा लगाउन सक्छन् उनी । लभका मामिलामा क्रेजी मानिने सलमान कुनै बेला विश्व सुन्दरी ऐश्वर्या रायको काखमा टाउको बिसाउँथे । नीला आँखावाली नायिकासँग दूरी बढेपछि उनले कटि्रना कैफको हात थामे । आफूभन्दा झन्डै आधा उमेरकी नायिकाबाट अघाएपछि उनी फेरि सिंगल भए । तर त्यो अवस्था धेरै समय टिक्न सकेन । उनले फेरि कसैलाई दिल दिएका छन् । दर्जनजति सुन्दरीसँग घोषित रूपमै अन्तरंग सम्बन्ध बनाउन सफल 'दबंग' नायककी प्रेमिका हुने अबकी भाग्यमानीचाहिँ को होलिन् त ? लुलिया वन्तुर । रोमानियन नायिका । सलमान अचेल 'मेन्टल' को सुटिङमा व्यस्त छन् । त्यसबाट फुर्सदको समयमा लुलियाकै अघिपछि देखिइरहेका छन् । देखिएका मात्रै होइनन्, लुलिया उनको मुम्बईस्थित घरमै परिवारसँग घुलमिल पनि भइसकेकी छन् । प्रायः मिडियामा आउने नकारात्मक गसिपमा औंला उठाइहाल्ने सलमान यति बेला मौन हुनुले पनि दाल मौलिक रंगमा नरहेको ठोकुवा गरिएको हो । सलमान र लुलिया हैदरावाद एयरपोर्टमा समेत सँगै फेला परेका थिए । मिडियाबाट बच्न फरक समयमा निस्किए पनि उनी जोगिएनन् । तर फोटो खिचाउने क्रममा सलमानले पोज दिन थालेपछि लुलिया तर्केर भागेकी थिइन् । उनलाई एयरपोर्टबाट निस्कनका लागि नायकले पहिल्यै सवारीको बन्दोबस्त गरिदिइसकेका थिए । १५ वर्षकै छँदा टेलिभिजनमा कार्यक्रम चलाउन थालिसकेकी लुलिया कानुनकी विद्यार्थीसमेत हुन् । युवतीका लागि चुम्बकजस्ता लाग्ने सलमानलाई उनले सन् २०१० 'बडीगार्ड' फिल्मको सुटिङ क्रममा डब्लिनमा भेटेकी थिइन् । यसअघि रोमानियन फिल्म निर्माता तथा गायक मरिस मोगासँग रिलेसनसिपमा रहेकी लुलिया सन् २०११ मा प्रेमीसँगै भारत घुम्न पनि आएकी थिइन् । सलमानलाई भेट्नुमा उनकै प्रेमीले सम्भव बनाइदिएका थिए । तर सलमानसँगको पहिलो भेटको परिचयले अन्ततः प्रेमकै रूप लिएको छ । सुटिङकै बेला डब्लिनमा आँखाआँखाले मन साटेका उनीहरू लुलियाले प्रेमीसँग गरेको डेढमहिने भारत भ्रमणपछि आएर औपचारिक सम्बन्धमा बाँधिएका हुन् । त्यसै बेला लुलियाको र मरिसको मनमुटाव सुरु भइसकेको थियो । अब यति बेला पहिलो प्रेमलाई पूर्णतः किनारा लगाइसकेकी लुलियाले सलमानसँग बिहे गर्ने पक्कापक्कीजस्तै भएको गाइँगुइँ सुनिएको छ । ५० पुग्न लागेका सलमान पनि अल्लारे युवतीको चक्करमा पर्न छोडेर ३२ वषर्ीया लुलियासँग सिरियस भएको हुनुपर्छ । तर निश्चित अन्तरालमा आफ्ना पे्रमिकाहरूसँग वाक्क हुँदै आएका सलमान लुलियाका मामिलामा चाहिँ अपवाद होलान् भनिहाल्न पनि सकिँदैन ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger