भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
रामचन्द्र नेपाल
२३ असार, काठमाण्डौ । तमिल मूलका मलेसियन नागरिकको हत्या अभियोगमा मलेसियामा तीन जना नेपाली र ६ जना वंगलादेशि नागरिक थुनामा परेका छन् ।
सेलङरमा रहेको डेल्वोएड भेन्चर बरहाद कम्पनीमा कार्यरत सिराहाका मङगल यादब, महोत्तरीका सञ्जयकुमार शाह र रौतहटका बलरामकुमार मण्डललाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको छ ।
घटनाबारे कम्पनीको सुपरभाईजरलाई खवर गरेपछि आक्रमणकारी तमिल पाँच वर्षअघि सोही कम्पनीमा कार्यरत रहेको पत्ता लागेको थियो । सुपरभाईजरले उनकेा घर परिवारलाई सम्पर्क गरी घटनाको वारे जानकारी गराएपछि परिवारका सदस्य आएर उनलाई घर लगेका थिए ।
घर लगेपछि उनको अबस्था गम्भिर भएको र तत्कालै केलाङ अस्पताल पुर्याई उपचार थालिएको थियो । उपचार गराईरहेको अवस्थामा सोमवार दिउँसो निजको मृत्यु भएको थियो ।
घटनापश्चात मंगलवार नेपाली श्रमिकरुले नेपाली दुतावासमा खवर गरेका थिए । नेपाली दूतावासले पनि स्थानीय निकायहरुलाई जानकारी गराईसकेको छ । नेपाली दुतावासका कर्मचारी कृष्ण विष्ट कम्पनीमा तथा स्थानिय प्रहरी कार्यालयमा पुगि त्यसक्षेत्रका श्रमिकहरुको सुरक्षा ब्यवस्था मिलाउन आग्रह गर्नुभएको थियो ।
हाल उक्त क्षेत्रमा प्रहरीले सुरक्षा तैनाथी वाक्लो वनाएको छ । प्रहरीले सोहि अभियोगमा विभिन्न व्यक्तिहरुसंग सोधपुछ गरिरहेको छ । स्थानिय प्रहरीले घटनाको छानविन पुरा नहुँदासम्म त्यस कम्पनीमा कार्यरत श्रमिकहरुलाई कम्पनी तथा देश नछाड्न समेत अनुरोध गरेको विष्टले जानकारी गराउनु भयो ।
नेपाली श्रमिकहरुले उक्त ब्यक्तिलाई आफुहरुले कुटपिट नगरेको वताउँदै आएका छन । आफुलाइ कम्पनी आउन जान र बाहिर निस्कन खतरा भएको भन्दै नेपाली श्रमिकहरुले सुरक्षाको व्यवस्था मिलाईदिन समेत सम्वन्धित निकायहरुमा अनुरोध गरेका छन ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.