Widgets

Home » » चार नेपाली चलचित्र ओस्कार फिल्मको प्रतिस्पर्धामा

चार नेपाली चलचित्र ओस्कार फिल्मको प्रतिस्पर्धामा

Written By sangalo on Tuesday, July 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


ओस्कार फिल्म फेस्टिभलमा नेपालबाट सहभागिताका लागि चारवटा नेपाली चलचित्रलाई प्रतिस्पर्धा गरेका छन् । ओस्कारको नेपालस्थित विदेशी भाषाको सर्वोत्कृष्ट चलचित्र छनोट समितिले नेपाली चलचित्र सुनगाभा, साँघुरो, बधशाला र शिरीषको फुल चलचित्रलाई हेरिसकेको छ । ती चलचित्रमध्ये एउटालाई ओस्कार अवार्डमा पठाइनेछ । छनोट भएको चलचित्रलाई असोज २५ गतेसम्ममा लस एन्जल्स पठाइसक्नुपर्नेछ । नेपालबाट छनोट भई ओस्कारमा पुगेको चलचित्र पुन: ओस्कारको मुख्य छनोट समितिमा पुग्नेछ । सो समितिबाट पनि छनोट भएमा मात्र ओस्कारको विदेशी भाषा फिल्म पुरस्कारका लागि प्रतिस्पर्धा गर्न पाउने छ । छनोट समितिका अध्यक्ष विमल पौडेलको अनुसार, यही साता नै चार चलचित्रमध्ये एउटालाई छनोट गरी ओस्कारमा पठाइने छ । छनोट समितीमा लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, राजु विक्रम थापा र लोकेन्द्र पराजुली सदस्यको रुपमा छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger