Widgets

Home » » केवल राशिका आधारमा पत्थर लगाउनु प्रत्युत्पादक

केवल राशिका आधारमा पत्थर लगाउनु प्रत्युत्पादक

Written By sangalo on Sunday, July 21, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

पृथ्वीको सतहमा पाइने मूल्यवानकडा तथा प्राकृतिक खनिज पदार्थ नै रत्न होजुन आभूषण अथवा गरगहनाका लागि प्रयोग हुन्छ । ज्योतिष विज्ञान अर्थात् ज्योतिषीय सिद्धान्तका आधारमा रत्न मानिसको जन्ममितिजन्म समूहराशिफल चिह्न र लुनार क्यालेन्डरको आधारमा प्रयोग गरिएका हुन्छन् । ज्योतिष शास्त्रअनुसार पृथ्वीमा जन्मिने प्रत्येक मानिससँग उसको जन्म कुण्डलीको आधारमा राम्रो तथा नराम्रो दुवै ग्रह हुन्छ । कमजोर तर राम्रो ग्रहका लागि औषधिको रूपमा यदि रत्न प्रयोग गरियो भने त्यसले राम्रो जीवनशैलीका लागि ग्रहको आयु लम्ब्याउन मद्दत गर्छ । यहाँ केही फरकफरक प्रकारका रत्नका बारेमा सामान्य प्रकाश पार्न खोजिएको छजसले जन्म कुण्डलीको आधारमा सकारात्मक प्रभाव पर्ने गर्छन्:

१.मणिकः

मणिक एक मूल्यवान पत्थर हो । जुन मेष लग्नका मानिसका लागि सकारात्मक मानिन्छ । यो रत्नको धारणले सन्तान प्राप्ति तथा बौद्धिक शक्ति बढ्ने सम्भावना निकै उच्च हुन्छ । यो सिंह लग्न भएका मानिसका लागि पनि निकै फलदायी मानिन्छ । यसले सिंह लग्न भएका मानिसलाई सामर्थ्य प्रदान गर्नुको साथै आयु बढाउँछ । यसले धनु लग्नका मानिसका लागि धनलाभ गराउँछ । पश्चिमा ज्योतिषीय सिद्धान्तका आधारमा मणिक जुलाईमा जन्मिएका मानिसका लागि अतिउत्तम मानिन्छ ।सामान्यतया सिंह राशि र आइतबार जन्म भएकाहरूका लागि पनि मणिक धारण फलदायी मानिन्छ ।

२. मोतीः
कर्कट लग्न भएका मानिसका लागि मोती धेरै उत्तम मानिन्छजसले दीर्घायु तथा समृद्धि ल्याउनेछ । त्यसैगरी यसले वृश्चिक लग्न भएका मानिसलाई धन जोड्न सहयोग पुर्याउछ भने मकर लग्न भएका व्यक्तिलाई पारिवारिक सुख प्राप्त हुन्छ । यस्तैमीन लग्न भएका मानिसमा ज्ञान वृद्धि गर्न र सन्तान प्राप्तिको सम्भावना उच्च पारिदिन्छ । पश्चिमा ज्योतिष मापदण्डका अनुसार मोती जुन महिनामा जन्मिएका मानिसका लागि धेरै उत्तम मानिन्छ । सामान्यतया कर्कट राशि र सोमबार जन्म भएकाहरूका लागि पनि मोती धारण फलदायी मानिन्छ ।

३. मुगाः

मेष र वृश्चिक लग्न भएका मानिसका लागि मुगालाई जन्म पत्थरको रूपमा लिइन्छ । सिंह र कर्कट लग्नका लागि पनि मुगा लाभदायक मानिन्छ । पश्चिमा ज्योतिषशास्त्रका अनुसार जनवरीमा जन्मिएकाहरूका लागि मुगा धारण उपयुक्त मानिन्छ । सामान्यतया मेष र वृश्चिक राशि र मङ्गलबार जन्म भएकाहरूका लागि पनि मुगा धारण फलदायी मानिन्छ ।

४. पन्नाः 
पन्ना एउटा त्यस्तो रत्न होजसको धारणले वृष लग्नका मानिसका लागि धनलाभ एवं ज्ञान वृद्धिमा सहयोग पुग्छ । यो धनु लग्नका लागि पनि सामान्य लाभदायक भए पनि अन्त्यमा खर्च बढाउने सम्भावना उच्च रहन्छ तर सिंह लग्नका लागि भने राम्रो मानिन्छ । त्यसैगरी धनु र मेष लग्नका मानिसको पारिवारिक सुख एवं व्यापार व्यवसाय बढाउन पन्ना धारण उत्तम मानिन्छ । सामान्यतया मिथुन र कन्या राशि एवं बुधबार जन्म भएकाहरूका लागि पनि पन्ना धारण फलदायी मानिन्छ ।




५. पुष्पराजः

पुष्पराज धनु र मीन लग्नका मानिसको उन्नतिका लागि सहयोगी पत्थर हो । यसले यी दुवै लग्नका मानिसको दीर्घायुमा मद्दत पुर्याउछ । त्यसैगरी प्रेम प्राप्तिका लागि यो रत्न मिथुन र कन्या लग्न भएकाहरूका लागि धेरै महत्वपूर्ण मानिन्छ । पश्चिमा ज्योतिषशास्त्रका अनुसार नोभेम्बरमा जन्मिएकाहरूका लागि पुष्पराजलाई जन्म पत्थरको रूपमा लिइन्छ । सामान्यतया धनु र मीन राशि एवं बिहीबार जन्म भएकाहरूका लागि पनि पुष्पराज धारण फलदायी मानिन्छ ।

६. हीराः
वृष र तुला लग्नमा जन्मिएका मानिसका लागि हीरालाई प्रमुख पत्थरको रूपमा लिइन्छ । यो रत्नको प्रयोगले पारिवारिक सुख बढाउनुका साथै सन्तान प्राप्ति हुने विश्वास छ । हीरा कन्या र कुम्भ लग्नका लागि धेरै मूल्यवान् मानिन्छ । यसले मकर लग्न भएकाहरूका लागि बौद्धिक शक्ति तथा सन्तान प्राप्तिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ । सामान्यतया वृष एवं तुला राशि र शुक्रबार जन्म भएकाहरूका लागि पनि हीरा धारण फलदायी मानिन्छ ।



७. नीलमः

मकर र कुम्भ लग्न भएका मानिसका लागि नीलम बढी उपयुक्त पत्थर हो । यसले लामो आयु प्रदान गर्ने विश्वास गरिन्छ । यसको धारणले वृष र तुला लग्नका मानिसको भाग्यवृद्धि हुन्छ । सामान्यतया मकर एवं कुम्भ राशि र शनि बार जन्म भएकाहरूका लागि पनि नीलम धारण फलदायी मानिन्छ ।





८. गोमेदः

यस पत्थरले तत्काल कुनै पनि प्रकारका राम्रा वा नराम्रा नतिजा पैदा गर्ने क्षमता राख्छ । यो राहुको पत्थर भएकाले यसको असर प्रयोगकर्ताअनुसार तत्काल पर्ने हुन्छ । खास गरी सर्पयोगनागदोषराहुको महादशाराशि वा लग्नबाट आठौं राहु आदि स्थितिमा गोमेद धारण गर्नुपर्दछ।






९. वैदूर्यमणिः(लहसुनिया):

अन्य पत्थरको तुलनामा यो एकदमै भिन्न प्रकारको पत्थर हो । यसको प्रयोग गर्नुअघि ज्योतिषशास्त्री र रत्नविज्ञहरूसँग सल्लाह लिनु ज्यादा फलदायी हुन्छ ।

द्रष्टव्य :
हिजोआज मानव जीवनमा आउने अनेक प्रकारका समस्याहरूको समाधान गर्ने क्षमता भएकै कारण संसारमा रत्नहरूको माग धेरै छ। औषधि निर्माण देखि लिएर ग्रह समस्या समाधानका लागि प्रयोग गरिने धेरै प्रकारका रत्नहरू बजारमा उपलब्ध छन्। नक्कली रत्नहरूको व्यापार पनि धेरै फष्टाएको छ। रत्नहरूको सही पहिचान गर्न नसक्नुका कारण धेरै रकम खर्च गर्दा पनि उपलब्धी प्राप्त नहुने अवस्था विद्यमान छ। अझ व्यापारीले सस्ता र सामान्य पत्थर नै रत्न हुन् भनी राशि-अनुसार सोझा ग्राहकलाई तालिका बनाएर देखाई बेच्ने गर्छन्। रत्न राशिबमोजिम धारण गर्ने होइनयो त तपाईंको जन्मसमयजन्मस्थान र जन्ममितिका आधारमा गणना गरी निर्धारण गरिने लग्नका आधारमा धारण गर्नुपर्छ। यदि तपाईंको चिना,जन्मपत्रिका वा टिपन बनाउनु भएको छ भने नजिकैको विज्ञ ज्योतिषीकहाँ सम्पर्क राखी आफूले धारण गर्ने रत्नका बारेमा पहिचान गर्न सक्नुहुन्छ। बिना अनुसन्धान र केवल राशिका आधारमा लगाएको रत्नले तपाईंलाई दुस्परिणाम पनि प्राप्त भैरहेको हुनसक्छ। 

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger