Widgets

Home » » एलटिई-एडभान्स्ड नेटवर्क

एलटिई-एडभान्स्ड नेटवर्क

Written By sangalo on Saturday, July 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
दक्षिण कोरियाको सर्वाधिक ठूलो मोबाइल अपरेटर एसके टेलिकम कम्पनीले विश्वकै सर्वाधिक द्रुत गतिको वायरलेस नेटवर्कको विस्तार गरेको छ। अहिले विश्वमा प्रचलित फोर जीपछिको एलटिई नेटवर्कभन्दा यो एक कदम अघि छ, जसको नाम एलटिई-एडभान्स्ड राखिएको छ। एलटिई-एडभान्स्ड नेटवर्कले हाल प्रचलित फोर जी नेटवर्क भन्दा दोब्बर तथा थ्रीजी भन्दा १० गुणा तीव्र गतिमा डाटा डाउनलोड गर्ने बताइएको छ। यसको डाटा ट्रान्सफर दर प्रतिसेकेन्ड १ सय ५० मेगाबिट्स छ। उक्त नेटवर्कले ८ सय मेगाबिट्सको चलचित्रलाई ४३ सेकेन्डमै डाउनलोड गर्न सक्छ। हाल प्रचलित एलटिई नेटवर्कले यही क्षमताको चलचित्रलाई ८० सेकेन्डमा डाउनलोड गर्न सक्छ। यो सेवा सुरुमा दक्षिण कोरियाको राजधानी सोल र आसपासका क्षेत्रबाट प्रयोगमा आउने बताइएको छ। विश्वकै पहिलो एलटिई-एडभान्स्ड नेटवर्कलाई सपोर्ट गर्ने गरी दक्षिण कोरियाकै कम्पनी सामसुङले ग्यालेक्सी एसफोर एलटिई ह्यान्डसेटको निर्माण गरिसकेको छ। उक्त स्मार्टफोन नै यो नेटवर्क सपोर्ट गर्ने पहिलो स्मार्टफोन हो। एसके टेलिकमले सन् २०१३ को प्रारम्भिक ६ महिना भित्रै दोस्रो त्रैमाससम्म विभिन्न ७ मोडलका एलटिई कम्प्याटिबल ह्यान्डसेट निर्माण गर्ने योजना बनाएको छ। सन् २०१४ अघि नै एलजी इलेक्ट्रोनिक्सले पनि त्यस्तै ह्यान्डसेट निर्माण गर्ने बताइन्छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger