Widgets

Home » » सामसुङको नाफा घट्दै, सस्तो मूल्यका चिनियाँ स्मार्टफोन चुनौती

सामसुङको नाफा घट्दै, सस्तो मूल्यका चिनियाँ स्मार्टफोन चुनौती

Written By sangalo on Saturday, July 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
विश्वको सबैभन्दा ठूलो मोबाइल तथा टेलिभिजन निर्माता कम्पनी सामसुङले सन् २०१३ को दोश्रो त्रैमासिकमा कम्पनीको नाफा आशा गरिए भन्दा कम हुने अनुमान गरेको छ । अपि्रलदेखि जुनसम्मको त्रैमासिकमा कम्पनीको नाफा ८ अर्ब ३० करोड अमेरिकी डलर अर्थात् ९.५ टि्रलियन दक्षिण कोरियन वन रहेको प्रारम्भिक अनुमान सामसुङले सार्वजनिक गरेको हो ।
Samsung S-4
विश्लेषकहरुले यो त्रैमासिकमा कम्पनीले १० टि्रलियन वनभन्दा बढी नाफा कमाउने आंकलन गरिरहेका बेला सामसुङको पछिल्लो तथ्यांकले सबैलाई आश्चर्यमा पारिदिएको बताइएको छ । नाफा कम भएको तथ्यांक सार्वजनिक हुने बित्तिकै सामसुङ कम्पनीको सेयर मूल्यमा ३.८ प्रतिशतले गिरावट आएको छ । जुन महिनाको सुरुवात यता सामसुङको सेयर मूल्यमा १५ प्रतिशत भन्दा बढिको गिरावट आएको बीबीसीले उल्लेख गरेको छ ।
स्मार्टफोनको सफलतासँगै सामसुङको हालैका वर्षहरुमा नाफा चुलिएको भएपनि पछिल्लो तथ्यांकले नियमित रुपमा नयाँ मोडल सार्वजनिक भएपनि सामसुङको नाफादर घट्ने विश्लेषण गर्न थालिएको छ । पछिल्लो समय सामसुङका स्मार्टफोनको बजार पनि खस्किँदै गएको बताइएको छ । खासगरी अन्य प्रतिस्पर्धी कम्पनीहरुले समेत गुणस्तीय स्मार्टफोन सार्वजनिक गर्नु र चिनिया कम्पनीले सस्तो मूल्यका स्मार्टफोन बजारमा ल्याउँदा सामसुङका स्मार्टफोनलाई झट्का लागेको बताइन्छ । कम्पनीको ७० प्रतिशत नाफा ओगट्ने स्मार्टफोनको बजार खस्किएपछि सामसुङको समग्र नाफामा उल्लेखनीय रुपमा कमी आएको र यो दर भविष्यमा अझै बढ्ने अनुमान गरिएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger