Widgets

Home » » २० जिल्लाका सिडिओको सरुवा

२० जिल्लाका सिडिओको सरुवा

Written By sangalo on Saturday, June 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


सरकारले शुक्रबार २० जिल्लाका प्रमुख जिल्ला अधिकारीको कार्य स्थान परिवर्तन गरेको छ। निर्वाचनको लागी सुरक्षा व्यवस्था मिलाउन भन्दै दुई साताअघि मात्र गृह मन्त्रालयले अघिल्लो सरुवाको सात महिना नकट्दै पाँच क्षेत्रका प्रहरी प्रमुख फेरेको थियो। शुक्रबारको सरुवामा पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी बदलिएका छन्। सात कामु प्रमुख जिल्ला अधिकारीले जिल्लाको नेतृत्व पाएका छन्। टेन्डर मिलेमतो विवादमा तानिएका राष्ट्रिय परिचय व्यवस्थापन केन्द्रका निर्देशक श्रवणकुमार तिमल्सिनालाई काजमा डोल्पा पठाइएको छ। मन्त्रालयमा रहेका चार सहसचिव जिल्लामा पुगेका छन्। दुई क्षेत्रीय प्रशासन कार्यालयका उपप्रशासक र कारागार व्यवस्था विभागका निर्देशकसमेत फेरिएका छन्। तनहुँका सिडियो कमलराज ढकाललाई गुल्मी, दोलखाका कालिप्रसाद पराजुलीलाई तेह्रथुम, बाजुराका भविश्वर पाण्डेलाई रुकुम, बैतडीका जनकराज रेग्मीलाई मुस्ताङ र तेह्रथुमका किशोरकुमार चौधरीलाई कालिकोट पठाइएको छ। सहायक सिडिओ रहेका स्याङजाका कैलाशनाथ खरेल, बाग्लुङ, कैलालीका शंकरहरी आचार्य हुम्ला, धनुषाका कृष्णबहादुर कटुवाल दार्चुला, सप्तरीका बलभद्र गिरी मुगु, पर्साका लुबहादुर क्षेत्री बैतडी, महोत्तरीका विष्णुबहादुर थापा जुम्ला र बर्दियाका धु्रवराज जोशी बाजुराको प्रमुख जिल्ला अधिकारी बनेका छन्। मन्त्रालयका प्रल्हाद पोखरेललाई दोलखाका प्रमुख जिल्ला अधिकारी बनाइएको छ। विष्णुप्रसाद पोखरेल धादिङ, उमेशकुमार ढकाल पर्वत र सागरमणि पराजुली डडेल्धुरा पुगेका छन्। उपक्षेत्रीय प्रशासक हेटौंडाका सागरमणि पाठक अर्घाखाँची र धनकुटाका गणेशप्रसाद भट्टराईको अछाममा काज सरुवा गरिएको छ। कारागार व्यवस्था विभागका निर्देशक ज्ञानप्रसाद ढकाल मनाङको सिडियोमा गएका छन्। गृहको सिफारिसमा मन्त्रिपरिषदले जेठ ३० गते चुनावी सुरक्षा भन्दै २२ डिआइजीको सरुवा गरेको थियो। चुनावी रणनीतिमा महत्र्वपूर्ण भूमिका हुने पाँचै विकास क्षेत्रका प्रहरी प्रमुख फेरिएका थिए। क्षेत्रबाट तानेर निस्त्रि्कय स्थानमा पारिएपछि अधिकांश डिआइजीले प्रहरी महानिरीक्षक कुबेर रानालाई भेटेर असन्तुष्टि जनाएका थिए।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger